कार्तिक ११, २०८२ मंगलबार October 28, 2025

प्रधानमन्त्री कार्कीले गरिन् छठी माताको पूजा आराधना

प्रधानमन्त्री कार्कीलाई छठ व्यवस्थापन समितिका पदाधिकारीहरुले गरे स्वागत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, १० कात्तिक । प्रधानमन्त्री सुशीला कार्कीले कमलपोखरी पुगेर छठी माताको पूजा आराधना गरेकी छन् ।

आज (सोमबार) प्रधानमन्त्री कार्की कमलपोखरीमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठी माताको पूजा आराधना गरेकी हुन् ।

प्रधानमन्त्री कार्कीलाई छठ व्यवस्थापन समितिका पदाधिकारीहरुले स्वागत गरेका थिए । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्व काठमाडौंको गुह्येश्वरी–गौरीघाट, कमलपोखरी, थापाथलीलगायत स्थानमा मनाइन्छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया