कार्तिक ११, २०८२ मंगलबार October 28, 2025

तोकिएको मितिमै निर्वाचन हुनुपर्छः उपसभापति अर्याल

भयरहित वातावरणमा निर्वाचन गर्न सरकारले सबै राजनीतिक दल, नयाँ शक्ति, पछिल्लो पुस्तासँग समन्वय गर्नुपर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
देवदह (रुपन्देही), १० कात्तिकः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्यालले तोकिएको मितिमै निर्वाचन हुनुपर्नेमा जोड दिनुभएको छ ।
रास्वपा रुपन्देहीले आज भैरहवामा आयोजना गरेको छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा समयमै निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गर्न सरकारले सबै राजनीतिक दल, नयाँ शक्ति, पछिल्लो पुस्तासँग समन्वय गर्नुपर्ने बताउनुभयो ।
“व्यवस्थाको विषयमा अहिले बहस गर्नुपर्दैन, यही संविधानभित्र रहेर सङ्घीयतालाई अझ अब्बल र अझ राम्रो बनाउने हो, संविधान कार्यान्वयनको पाटोतर्फ बहस गर्नुपर्छ”, उहाँले भन्नुभयो, “हामीले पनि निर्वाचन केन्द्रित कार्यक्रम सुरु गरिसकेका छौँ ।” रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया