कार्तिक १२, २०८२ बुधबार October 29, 2025

उत्तर कोरियाली विदेशमन्त्री मस्कोमा, पुटिनसँग भेटवार्ता गर्ने

भ्रमण दुई देशबीचको कूटनीतिक आदानप्रदानको लागि महत्त्वपूर्ण अवसर बन्ने उत्तर कोरियाको अपेक्षा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मस्को। उत्तर कोरियाका उच्च कूटनीतिज्ञसँग रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार क्रेमलिनमा भेटवार्ता गर्ने भएका छन् ।

रुसका विदेशमन्त्री चो सोन हुईले रुसको राजधानी भ्रमणका क्रममा रुसी समकक्षी सर्गेइ लाभरोभसँग सोमबार नै भेट भएको र भेटमा प्योङयाङ र मस्कोबीचको आध्यात्मिक निकटताको प्रशंसा गरेकी थिइन् ।

पुटिन र उत्तर कोरियाली नेता किम जोङ उनले गत वर्ष आपसी रक्षा सम्झौतामा हस्ताक्षर गरेका थिए भने प्योङयाङले पश्चिमी कुर्स्क क्षेत्रमा युक्रेनी सेनासँग लड्न मस्कोको सेनालाई मद्दत गर्न हजारौं सेना पठाएको थियो। क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले रूसी नेता पुटिनले चोईलाई स्वागत गरी समसामयिक बिषयमा छलफल गर्ने बताएका छन् ।

उत्तर कोरियाली नेता किम जोङ उनले मस्कोसँग सैन्य सम्बन्ध अघि बढाउने प्रतिबद्धता जनाएको केही दिनपछि भएको यो भ्रमण दुई देशबीचको कूटनीतिक आदानप्रदानको लागि महत्त्वपूर्ण अवसर बन्ने अपेक्षा उत्तर कोरियाले गरेको छ । (रासस/एएफपी)

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया