कार्तिक ११, २०८२ मंगलबार October 28, 2025

ओली–लेखकको पासपोर्ट रोक्का निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर

‘राजनीतिक पूर्वाग्रहपूर्ण निर्णय खारेज होस्’ भन्दै अधिवक्ता सिलवालद्वारा सर्वोच्चमा मुद्दा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । तत्कालीन प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकको पासपोर्ट रोक्का र स्थान हद तोकिएको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको छ।

अधिवक्ता डा. प्रेमराज सिलवालले प्रधानमन्त्री कार्यालय, जेन–जी घटनासम्बन्धी गौरिबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोग र गृह मन्त्रालयलाई विपक्षी बनाउँदै रिट दायर गरेका हुन्। आयोगले ओली, लेखकसहित तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुख हुतराज थापा र काठमाडौंका तत्कालीन सीडीओ छविलाल रिजालको पासपोर्ट रोक्का गर्दै उपत्यका छाड्न नपाउने गरी स्थान हद तोकेको थियो।

रिटमा आयोगको निर्णय व्यक्तिको सम्मानपूर्वक बाँच्न पाउने अधिकार, नेपालको संविधान तथा अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन भएको दाबी गरिएको छ। साथै उक्त निर्णय राजनीतिक पूर्वाग्रहपूर्ण रहेको भन्दै खारेज गर्न र भविष्यमा यस्ता रोक नलगाउन सर्वोच्च अदालतसँग परमादेश माग गरिएको छ।

      

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया