कार्तिक ११, २०८२ मंगलबार October 28, 2025

राष्ट्रियसभाका सचिव अर्यालद्वारा राजीनामा

मंगलबारदेखि लागु हुनेगरी राष्ट्रपति पौडेलसमक्ष राजीनामा पेश

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालले पदबाट राजीनामा दिएका छन् । उनले मंगलबारदेखि लागु हुनेगरी राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा दिएका हुन् ।

“राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालले संघीय संसद्का महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी ऐन, २०७५ को दफा ६ को खण्ड (क) बमोजिम मिति २०८२/०७/११ गतेदेखि लागु हुनेगरी स्वीकृत हुन आफ्नो पदबाट लिखित राजीनामा दिनु भएको छ,” राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै भनेको छ ।

7-11_विज्ञप्ति-Scan_20251028-1761645053.jpg

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया