कार्तिक १७, २०८२ सोमबार November 3, 2025

अध्यक्ष ओलीको आह्वान: ‘जहाँ हुनुहुन्छ, फर्किनुस् आफ्नै घर, एमालेमै फर्किनुस्’

सबै पुराना कार्यकर्तालाई एमालेमा फर्किन अध्यक्ष ओलीको अपिल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी छाडेका नेता–कार्यकर्तालाई पुनः एमालेमै फर्किन आह्वान गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, “जहाँ हुनुहुन्छ, फर्किनुस् आफ्नै घर फर्किनुस्। यो घर तपाईंहरूको पसिना र रगतले बनेको हो।”

ओलीले सबैलाई काँधमा काँध मिलाएर अघि बढ्न आग्रह गर्दै लोकतन्त्र, राष्ट्रिय स्वाधीनता र जनताको समृद्धिका लागि एकजुट हुन आह्वान गरेका छन्। उनका अनुसार, एमाले केवल राजनीतिक संगठन नभई जनताको रगत, पसिना र आशाबाट बनेको विशाल परिवार हो, जसको निर्माणमा तीन पुस्ताको योगदान रहेको छ।

उहाँले सामाजिक सञ्जालमा लेख्नु भएको छ-

दिदीबहिनी तथा दाजुभाइहरु,
कमरेडहरु !

निरंकुशताको अन्धकार हटाएर लोकतन्त्रको उज्यालो फैलाउने संघर्षमा नेकपा (एमाले) ले सधैं अग्रपंक्तिमा रहेर नेतृत्वदायी भूमिका खेल्यो। अनेकौं प्रहार खेपेर राष्ट्रिय स्वाधीनता जोगाउने बलियो कवच यही पार्टी बन्यो। देशभक्तिको भावना जगाउने र विकासका संरचना निर्माण गर्ने कामको नेतृत्व यही पार्टीले गर्‍यो । सामाजिक सुरक्षाका कार्यक्रम ल्याउने लोक कल्याणकारी राज्यको आरम्भ यही पार्टीले गरेको हो । समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य पूरा गर्न हामीले गरेका यी कामका सयौं उदाहरण छन्।

एमाले केवल एउटा राजनीतिक संगठन होइन — यो जनताको रगत, पसिना, आँसु र आशाबाट बनेको विशाल परिवार हो। यस पार्टीको जग बसाल्न तीन पुस्ताले आफ्नो जीवनका उज्याला क्षण समर्पण गरेका छन्। कसैले जेलयातना भोगे, कतिले जीवन बलिदान गरे, कसैले आफ्नो युवावस्था आन्दोलनमा अर्पण गरे, र धेरैले सानो–ठूलो योगदान गरेर यो घरलाई अड्याए ।

आज फेरि महाविनाश निम्त्याएर देशको सार्वभौम अस्तित्वमाथि चुनौती खडा गरिएको छ, लोकतान्त्रिक संविधानमाथि आक्रमण भइरहेको छ। यस्तो बेला हामी मौन रहन सक्दैनौं। राष्ट्रिय एकता, देशको स्वाभिमान, र लोकतन्त्रको रक्षाका लागि हामी सबै एकै मन, एकै स्वर र एकै दिशामा अघि बढ्नुपर्छ।

त्यसैले, विगतमा नेकपा (एमाले)को निर्माण गर्न र यसलाई बलियो बनाउने यात्रामा सँगै हिँड्नु भएका सबै नेता–कार्यकर्तालाई हृदयदेखि आह्वान गर्न चाहन्छु —

जहाँ हुनुहुन्छ, फर्किनुस् आफ्नै घर फर्किनुस्।

यो घर तपाईंहरूको पसिना र रगतले बनेको हो।

फेरि हामी सबै काँधमा काँध मिलाएर अघि बढौं — देशको स्वाधीनता जोगाऔं, लोकतन्त्रको रक्षा गरौं, र जनताको जीवनमा सुख, समृद्धि र आशाको ज्योति बालौं।

हामी एउटै परिवार हौं —

हाम्रो लक्ष्य स्पष्ट छ —

समृद्ध नेपाल, सुखी नेपाली।

म सबैमा आह्वान गर्न चाहन्छु –

कोही अलमलमा नपर्नुस्, आउनुस्, आफ्नै घरमा —

हाम्रो साझा सपना साकार पार्न ।

निर्णायक राष्ट्रिय शक्ति निर्माणमा जुटौं।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
निर्वाचनमय वातावरण बनाउन सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण हुन्छ : कार्यवाहक प्रमुख आयुक्त
२०८२ कार्तिक १७, सोमबार
मतदाता नामावली दर्ता गराउन युवा उत्साहित
२०८२ कार्तिक १७, सोमबार
धवलागिरिका जलजला, मुना र मरेनी क्षेत्रमा थप ‘रेडपाण्डा’ भेटियो
२०८२ कार्तिक १७, सोमबार
गोपाल किराँती नेतृत्वको समाजवादी मोर्चा माओवादी केन्द्रमा समाहित
२०८२ कार्तिक १७, सोमबार
आम्दा अस्पताल : दश वर्षमा करिब नौ लाख बढीलाई स्वास्थ्य सेवा
२०८२ कार्तिक १७, सोमबार
राष्ट्रपतिको कार्यभार उपराष्ट्रपतिलाई
२०८२ कार्तिक १७, सोमबार
भीमफेदी कारागारबाट फरार २६ विदेशी कैदीबन्दी अझै सम्पर्कका आएनन्
२०८२ कार्तिक १७, सोमबार