काठमाडौँ, १५ कार्तिक । त्रिभुवन विश्वविद्यालयको कानून संकाय अन्तर्गत सञ्चालित एलएलएम तथा विद्यावारिधि तहको प्रथम सेमेस्टरमा नयाँ विद्यार्थी भर्नाका लागि लिइने प्रवेश परीक्षा फारम कार्तिक २० गतेदेखि खुला हुने भएको छ ।
शैक्षिक सत्र २०८१/०८२ मा सञ्चालन हुने एलएलएम कार्यक्रम अन्तर्गत त्रिविको आङ्गिक क्याम्पसहरूमा भर्नाका लागि फारम हुने भएका हो ।
नेपाल ल क्याम्पस, प्रदर्शनीमार्ग, पृथ्वीनारायण क्याम्पस पोखरा र त्रिविबाट सम्बन्धन प्राप्त नेशनल ल कलेज, सानेपा, ललितपुरका लागि एलएलएम कार्यक्रमको प्रथम सेमेस्टरमा भर्ना हुन इच्छुक विद्यार्थीहरूले आवेदन दिन सक्ने छन् ।
फारम अनलाईन मार्फत भर्न सकिने छ । साथै शैक्षिक वर्ष २०७९/२०८० मा सञ्चालन हुने विद्यावारिधि कार्यक्रम अन्तर्गत नयाँ भर्ना गर्नका लागि समेत कार्तिक २० गतेदेखि नै आवेदन फाराम भर्न सकिने छ । विस्तृत विवरण वेबसाईट www.fol.edu.np बाट प्राप्त गर्न सकिनेछ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया