काठमाण्डाैंः डोटीमा पछिल्लो समय कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्न थालेपछि स्थानीय प्रशासनले गरेको निषेधाज्ञाको समय एक हप्ताका लागि पुनः थप गरिएको छ ।
कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि भन्दै स्थानीय प्रशासनले यही भदौ २८ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरेको जनाएको छ । यही भदौ १४ गते राति १२ बजेदेखि लागू भएको निषेधाज्ञा आइतबार राति १२ बजे सकिनै लागेकाले निषेधाज्ञाका समय पुनः एक हप्ताका लागि थप गरिएको प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
जिल्ला प्रशासन कार्यालय डोटीमा जिल्ला संकट व्यवस्थापन केन्द्रको बसेको बैैठकले निषेधाज्ञाको समयमा मानिसको आवत–जावत राकिने तथा रोगको संक्रमण पनि अरू व्यक्तिमा नसर्ने भएकाले एक हप्ताका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेअनुसार आइतबार राति १२ बजेदेखि निषेधाज्ञा पुनः थप गरिएको हो ।
निषेधाज्ञा लागू भएसँगै बिनाकाम बजार आजत–जावत गर्नमा समेत कडाइ गरिएको जिल्ला प्रहरी कार्याल डोटीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक इद्रबहादुर मल्लले बताउनुभयोे ।
‘कोरोना रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञाको समय थपिएको छ, अटेर गरी नियम पालना नगरे संकक्रमण रोग ऐन–२०२० अनुसार कारबाही हुनेछ ।’ -प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईको भनाइ छ । निषेधाज्ञाका क्रममा अत्यावश्यक पर्ने सेवा बाहेकका अन्य सेवाहरु पूर्णरूपमा बन्द गरिएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया