कार्तिक १७, २०८२ सोमबार November 3, 2025

कांग्रेस नेता रामहरि खतिवडालाई पितृशोक

पिता जीवनाथ खतिवडाको आइतबार साँझ ७७ वर्षको उमेरमा निधन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, कात्तिक १६ गते ।  नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा विघटित प्रतिनिधि सभाका सदस्य रामहरि खतिवडालाई पितृशोक परेको छ।

उहाँका पिता जीवनाथ खतिवडाको आइतबार साँझ ७७ वर्षको उमेरमा निधन भएको छ ।

अस्पतालमा उपचारपछि उहाँ आफ्नै भाडाको कोठामा फर्कनु भएको थियो, हिँड्दै गर्दा उहाँको निधन भएको जानकारी पारिवारिक स्रोतले दिएको छ । उहाँ लामो समयदेखि अर्बुद (क्यान्सर) रोगबाट पीडित हुनुहुन्थ्यो ।

स्वर्गीय जीवनाथ खतिवडाको पार्थिव शरीरलाई सोमबार बिहान ९ बजे पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ । ओखलढुंगा जिल्लाको मानेभन्ज्याङ्ग गाउँपालिका थाक्ले स्थायी बसोबास गर्दै आउनु भएका खतिवडा विरामी भएपछि केही वर्षयता काठमाडौंमा बस्दै आउनु भएको थियो । उहाँका श्रीमती, एक छोरी र पाँच छोरा  हुनुहुन्छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया