कार्तिक १७, २०८२ सोमबार November 3, 2025

अवरुद्ध पृथ्वीराजमार्ग दुईतर्फी खुल्यो

पहिरोका कारण अवरुद्ध पृथ्वीराजमार्गमा दुईतर्फी नै यातायात सेवा सञ्चालनमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मुग्लिन (चितवन), १७ कात्तिकः सुक्खा पहिरोका कारण अवरुद्ध पृथ्वीराजमार्गमा दुईतर्फी नै यातायात सेवा सञ्चालनमा आएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार राजमार्ग अन्तर्गत इच्छाकामना ३ चुमखोलामा आइतबार राति ९ बजे पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको थियो ।

सडक विभागको उपकरणले पहिरो पन्छ्याएपछि गएरातिदेखि नै सडक दुईतर्फी सञ्चालनमा आएको कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
निर्वाचनमय वातावरण बनाउन सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण हुन्छ : कार्यवाहक प्रमुख आयुक्त
२०८२ कार्तिक १७, सोमबार
मतदाता नामावली दर्ता गराउन युवा उत्साहित
२०८२ कार्तिक १७, सोमबार
धवलागिरिका जलजला, मुना र मरेनी क्षेत्रमा थप ‘रेडपाण्डा’ भेटियो
२०८२ कार्तिक १७, सोमबार
गोपाल किराँती नेतृत्वको समाजवादी मोर्चा माओवादी केन्द्रमा समाहित
२०८२ कार्तिक १७, सोमबार
आम्दा अस्पताल : दश वर्षमा करिब नौ लाख बढीलाई स्वास्थ्य सेवा
२०८२ कार्तिक १७, सोमबार
राष्ट्रपतिको कार्यभार उपराष्ट्रपतिलाई
२०८२ कार्तिक १७, सोमबार
भीमफेदी कारागारबाट फरार २६ विदेशी कैदीबन्दी अझै सम्पर्कका आएनन्
२०८२ कार्तिक १७, सोमबार