काठमाडौंः विश्व महामारी कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि लागु गरिएको निषेधाज्ञा खुकुलो बनाउने प्रधानमन्त्रीले संकेत दिएका छन् ।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र(सीसीएमसी) र काठमाडौ उपत्यकाका प्रमुख जिल्ला अधिकरी लगायत काठमाडौं उपत्यका मेयर फेरमले समेत दशैंसम्म निषेधाज्ञा कडा पारि सिमा नाकामा सेना खटाउनुपर्ने सम्मका योजना बनाइरहँदा प्रधानमन्त्रीले निषेधाज्ञा खुकुलो पार्ने संकेत गरेका हुन् ।
प्रधानमन्त्री ओलीले भने सत्तारुढ दलको स्थायी कमिटी बैठक बोलाएर निषेधाज्ञालाई खुकुलो पार्ने संकेत गरेका हुन् । सरकारले भदौ २५ सम्म राजश्व तिरिसक्न करदाताहरुलाई भसिकेको छ ।
प्रधानमन्त्री ओलीले काठमाडौं उपत्यकामा अहिलेकै स्वरुपमा अब निषेधाज्ञाको अवधी थप नहुने संकेत गरिसकेका छन् । सत्तारुढ नेकपाको डेढ महिनादेखि स्थगित स्थायी कमिटी बैठक भदौ २६ गते आयोजना गरेर प्रधानमन्त्री ओलीले २४ पछि निषेधाज्ञा अन्त्य हुने संकेत दिएका हुन् ।
सोमबार नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले बैंकहरुलाई राजश्व संकलनका लागि ३ दिन सबै शाखा तथा काउन्टरहरु खुला गर्न निर्देशन दिएसँगै नेकपाले आन्तरिक विवादका कारण रोकिएको स्थायी कमिटी बैठक पनि २६ गतेलाई राखेको छ ।
निषेधाज्ञा अन्त्य भएपछि मात्रै आयोजना गर्ने भनिएको स्थायी कमिटी २६ गते राख्न सोमबार बिहान नेकपाका अध्यक्षद्वय ओली र पुष्पकमल दाहालबीच सहमति भएपछि यस्तो संकेत आएको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया