असार २९, २०८२ आइतबार July 13, 2025

एकैदिन कोरोना संक्रमणबाट थप ६ जनाको ज्यान गयो – हालसम्म मृत्यु हुनेको संख्या ३०६ पुग्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपालमा कोरोना भाइरस संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रानलयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले ६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको जानकारि दिए । यो संगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३०६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ९०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रवक्ता गौतमले देशभरका बिभिन्न प्रयोगशालामा १० हजार ६११ जनामा पीसीआर परिक्षण गर्दा ९०२ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारि दिए ।

यो सँगै नेपालमा कुल संक्रमितको संख्या ४८ हजार १३८ पुगेको छ । आज सक्रिय संक्रमितको संख्या १४ हजार ८६८ रहेको प्रवक्ता गौतमले जानकारि दिए ।

यस्तै २ हजार २ सय ८७ जना कोरोना संक्रमितहरु डिस्चार्ज भएका छन् । नेपालमा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या ३२ हजार ९६४ पुगेको छ । यो संख्या कुल संक्रमितको ६८ प्रतिशत हो । आज देशभर ५ हजार ३१० जना क्वारेन्टाइनमा छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया