भाद्र ९, २०८३ मंगलबार August 25, 2026

छन्द साधना पुरस्कारबाट कवि लम्साल र आचार्य पुरस्कृत

कवि डा. नवराज लम्साल र पुरूषाेत्तम आचार्यलाई ‘छन्द तरङ्ग सम्मान’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, २२ कात्तिकः छन्द तरङ्ग अभियानको सातौँ वार्षिकोत्वसका अवसरमा वरिष्ठ कवि डा नवराज लम्साल र युवाकवि पुरुषोत्तम आचार्यलाई सम्मान र पुरस्कार प्रदान गरिएको छ ।
अभियानद्वारा आज आयोजित कार्यक्रममा वरिष्ठ भाषाविद् एवं साहित्यकार मुकुन्दशरण उपाध्यायबाट कवि डा लम्साललाई रु ४० हजार राशिको विशिष्ट छन्द साधना पुरस्कार र कवि आचार्यलाई रु २० हजार राशिको छन्द साधना युवा प्रतिभा पुरस्कार प्रदान गरिएको हो । रेडियोकर्मीसमेत रहनुभएका धादिङका डा लम्सालले ‘कर्ण’, ‘धरा’, ‘अग्नि’ र ‘कल्प’ जस्ता महाकाव्यका साथै सयौँ गीत रचना गर्नुभएको छ भने मकवानपुरका आचार्यले सीमान्तकृत समुदायलाई केन्द्रमा राखेर छन्द कविता लेखन गर्दै आउनुभएको छ ।
यसअघि विशिष्ट छन्द साधना पुरस्कारबाट रमेश खकुरेल, चन्द्रप्रसाद न्यौपाने, घनश्याम कँडेल, रामचन्द्र भट्टराई, भुवनहरि सिग्देल र गोविन्दराज विनोदी पुरस्कृतत भइसक्नुभएको भने छन्द साधना युवा प्रतिभा पुरस्कारबाट सुदेश सत्याल, कविराज पौडेल र रुपक अलङ्कार पुरस्कृत भइसक्नुभएको छ ।
छन्द कविताको स्तरीकरण र मानकीकरणका लागि साहित्यकारद्वय प्रा डा रामप्रसाद ज्ञवाली र प्रा डा देवी नेपालको अगुवाइमा २०७५ सालदेखि सो अभियान आरम्भ भएको हो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ
२०८३ भाद्र ९, मंगलबार
राष्ट्रपतिद्वारा चाँगुनारायणको प्रसाद ग्रहण
२०८३ भाद्र ९, मंगलबार
सीमा सुरक्षामा कुनै कमीकमजोरी हुनुहुँदैन : सशस्त्र महानिरीक्षक पौडेल
२०८३ भाद्र ९, मंगलबार
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी
२०८३ भाद्र ९, मंगलबार
उनेपाले विद्युत् महसुलको भ्याट हटाउने, डेडिकेटेड–ट्रंक लाइनको बक्यौता असुल्ने
२०८३ भाद्र ९, मंगलबार
प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही
२०८३ भाद्र ९, मंगलबार
चीनबाट जनै आयात भएको तथ्याङ्क भेटिएन
२०८३ भाद्र ९, मंगलबार