भाद्र १९, २०८३ शुक्रबार September 4, 2026

सहरलाई सुरक्षित र व्यवस्थित बनाउन प्रविधिमैत्री बन्दै कामपा

सिसीटिभी क्यामरा, राउटरसहितका सामान तथा उपकरण महानगरपालिकाले व्यवस्था मिलाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, २९ कात्तिक : काठमाडौँ महानगरपालिकाले आफ्नो भौगोलिक क्षेत्रमा जडान हुने सिसीटिभी क्यामराका लागि आवश्यक पर्ने नेटवर्क प्रयोग गर्न नेपाल टेलिकमसँग सहकार्य अघि बढाएको छ ।

कामपाको प्रशासन विभागका प्रमुख धुव्रकुमार काफ्लेका अनुसार वडा कार्यालयहरूमा सिसीटिभी नेटवर्कका लागि अप्टिकल फाइबर नेटवर्क, एफटिटीएच (फाइबर टु द होम)मार्फत लोकल इन्टरनेट उपलब्ध गराउने तयारीका टेलिकमसँगको सहकार्य अघि बढाइएको हो ।

सिसीटिभी क्यामराका कैद भएका दृश्यलाई प्रत्येक निगरानी कक्षसम्म पु¥याउनका लागि कामपा र नेपाल टेलिकमसँ सम्झौतासमेत भइसकेको छ । यससँगै नियमित मर्मतसम्भार, आकस्मिक क्षतिको पुनःस्थापना, प्राविधिक सहायता, सेवा विस्तार क्षमता, आकस्मिक अवस्थामा सेवाको निरन्तरताका लागि संरचना, नेटवर्कको निगरानी, सेवा अवरुद्ध हुँदा यसको पहिचान र समाधानका लागि टेलिकमले सेवा उपलब्ध गराउनेछ ।

सिसीटिभी क्यामरा, राउटरसहितका सामान तथा उपकरण महानगरपालिकाले व्यवस्था मिलाउने छ । टेलिकमले भविष्यमा आवश्यक पर्ने उच्च गतिको व्याण्डविथ उपलब्ध गराउने छ । त्यस्तै प्रविधिको परिवर्तनलाई अद्यावधिक गरेर नियमित गराउनेछ ।

प्रविधिको प्रयोगबाट सहरलाई सुरक्षित र स्मार्ट सहर अन्तरसरकार समन्वय र सहकार्यले कुनै पनि गुनासो नआउने गरी नतिजा ल्याउन कामपाले यस कार्य अघि बढाएको काफ्लेको भनाइ छ ।

टेलिकमसँग यसअघि अप्टिकल फाइबर सञ्जाल भएकाले महानगरपालिकाले तत्काल आफूले यसअघि जडान गरेका सिसीटिभीका दृश्यहरू प्राप्त गर्नसक्ने अवस्था रहेको कामपा सूचना प्रविधि विभागका प्रमुख अनिरुद्र नेपालले जानकारी दिनुभयो ।

सिसीटिभी क्यामराले कैद गरेका दृश्यहरू महानगरपालिकाले सञ्चालन गर्ने निगरानी कक्ष (सर्भलेन्स रुम) मा पु¥याउने दायित्व टेलिकमले पूरा गर्नेछ । प्रणालीमा यसअघि जडान गरिएका, नियमित तथा क्रमागत योजनामार्फत जडान गरिएका, वडा, विभाग तथा अन्य माग भएका स्थानबाट जडान गरिएका र जडान गरिने सिसीटिभी जोड्न सकिनेछ ।

काठमाडौँलाई स्वचालित, सुरक्षित र व्यवस्थित बनाउन प्रविधिमा आधारित प्रणाली विकास तथा विस्तारका लागि सहकार्य गर्ने क्रममा यो सम्झौता भएको हो । यसबमोजिम कामपा वडा कार्यालय र यसभित्रका सार्वजनिकस्थलको दृश्य सिसीटिभी निगरानी कक्ष (सिसीटिभी सर्भलेन्स रुम) मा जिगाबिट प्यासिभ अप्टिकल नेटवर्क (जिपीओएन) प्रयोग गरिनेछ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चलचित्र ‘बाः एक योद्धा’, ‘ककाकिकी’ र ‘माया भनेकै यस्तो होला’को प्रदर्शन स्थगित
२०८३ भाद्र १९, शुक्रबार
त्रिशूली–३ ए जलविद्युत् आयोजनाको टनेलभित्र फसेकाको उद्धार कार्य जारी
२०८३ भाद्र १९, शुक्रबार
नेपाल‘ए’विरुद्ध दक्षिण अष्ट्रेलिया ब्याटिङ गर्दै
२०८३ भाद्र १९, शुक्रबार
आज अष्टिम्की पर्व मनाउँदै थारू समुदायका महिला
२०८३ भाद्र १९, शुक्रबार
अब पुनरुत्थानमा नमुना काम गर्नुपर्छः मन्त्री रावल
२०८३ भाद्र १९, शुक्रबार
सुदूरपश्चिमका नागरिकको खोजीमा प्रदेश सरकार क्रियाशील छः मुख्यमन्त्री भट्ट
२०८३ भाद्र १९, शुक्रबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
२०८३ भाद्र १९, शुक्रबार