श्रावण ८, २०८२ बिहिबार July 24, 2025

काठमाण्डौं उपत्यकामा शर्त सहित कुन-कुन बार कुन पसल खोल्न पाईन्छ ? जानिराखौं

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः काठमाण्डौं उपत्यकामा तीन सातादेखि जारी निषेधाज्ञा खुकुलो बनाइएको छ । तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले भोली बिहिबार भदौ २५ गतेबाट खुकुलो पार्ने निर्णय भएको छ । अब व्यापार, व्यवसाय र उद्योग धन्दा चलाउन शर्तसहित अनुमति दिइएको छ ।

दुध, फलफुल, तरकारी, मासु विक्री वितरण दैनिक बिहान ११ बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेुसम्म सञ्चलान गर्न पाउने व्यवस्था मिलाएको छ । टेकअवे र अनलाइन डेलिभरी दिउसो १२ देखि बेलुका सातबजेसम्म मात्र सञ्चालन गर्न पाइनेछ । सहकारी संस्थाहरु स्वास्थ्य मापदण्ड अपनाएर बिहान ११ देखि दिउँसो ३ बजेसम्म सञ्चालन गर्न पाइनेछ ।

सपिङ मल, फेन्सी स्टोर, कपडा, जुत्ता पसल कस्मेटिक लगायतका पसलहरु मापदण्ड पालना गरेर साताको सोमबार, बुधबार र शनिबार मात्र खोल्न पाइनेछ । भाडा र भान्साजन्य साथै सोही प्रकृतिका अन्य पसलहरु साताको आइतबार, मंगलबार र शुक्रबार मात्र खोल्न सकिनेछ । फर्निचर र अटोमोवाइलसम्बन्धी पसल सातामा सोमबार र बुधबार मात्र खोल्न पाइनेछ ।

फुटपाथ, ठेला, स्टेसनरी इलेक्ट्कि, र इलेक्ट्रोनिक पसल र डिपार्टमेन्ट स्टोरहरु विहान ११ सम्म र बेलुका ४ देखि ७ बजेसम्म खोल्न सकिनेछ । त्यसैगरी स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी उपत्काभित्र विकास निर्माणसँग सम्बन्धित सामाग्री विक्री वितरण गर्ने पसल व्यवसाय सो का ढुवानी गर्ने सवारी साधन दिउँसो २ देखि बेलुका ७ बजेसम्म मात्र खोल्न पाइनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
साफ यू-१७ साफ च्याम्पियनसिप : ३५ खेलाडी बन्द प्रशिक्षणमा
२०८२ श्रावण ८, बिहिबार
बोनमटीको निर्णायक गोलमा स्पेन युरो २०२५ को फाइनलमा, इंग्ल्यान्डसँग उपाधि भिडन्त
२०८२ श्रावण ८, बिहिबार
चिकित्सक साहमाथि हातपात गर्नेलाई कारवाहीको माग गर्दै अस्पताल बन्द, बिरामी मारमा
२०८२ श्रावण ८, बिहिबार
आजको मौसम : यी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
२०८२ श्रावण ८, बिहिबार
प्रतिनिधिसभा बैठक बस्दै, यस्ताे छ कार्यसूची
२०८२ श्रावण ८, बिहिबार
मुलुकमा सबै कम्युनिष्ट एकीकृत हुनुपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण ८, बिहिबार
चिकित्सक संघद्वारा सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न माग
२०८२ श्रावण ७, बुधबार