काठमाण्डौः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले तत्काल जहाज खरिद प्रक्रिया थाल्न नेपाल वायुसेवा निगमलाई निर्देशन दिएका छन् । निगमका कार्यकारी अध्यक्ष सुशील घिमिरेसहित विभिन्न विभाग प्रमुखहरुलाई आज मन्त्रालयमा बोलाई मन्त्री भट्टराईले यस्तो निर्देशन दिएका हुन् ।
हिमाली, पहाडी तथा दुर्गम क्षेत्रका नागरिकहरुलाई सेवा उपलब्ध गराउन आन्तरिक उडानका लागि हवाई जहाज खरिद योजना तत्काल अघि बढाउन निगमलाई निर्देशन दिएको मन्त्रीका प्रेस संयोजक राजेन्द्र श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
मन्त्रीले आन्तरिक उडानका लागि दुई वटा मात्रै टुइनअटर जहाज भएको र तीनले यात्रुको माग थेग्न नसकेकाले तत्काल खरिद योजना अघि बढाउन निर्देशन दिएका हुन् । त्यस्तै लामो सयमदेखि चर्चामा रहेको निगमको लगानीको संरचना बदल्ने विषयमा पनि मन्त्रीले निगम पदाधिकारीलाई निर्देशन दिए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया