मंग्सिर ३, २०८२ बुधबार November 19, 2025

निर्वाचन लोकतन्त्रको आधारशीला हो, मत हाल्ने अवसर गुमाउनुहुन्न : गृहमन्त्री

सरकारले कानुनी राज्यविहीनताबाट देशलाई सम्हाल्दै सुशासन कायम गरी फागुन २१ मा निर्वाचन गर्ने भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, २ मङ्सिर : गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन लोकतन्त्रको आधारशीला भएकाले मत हाल्ने अवसर गुमाउन नहुने बताउनुभएको छ ।
सचिवालयबाट आज भिडियो सन्देश जारी गर्दै मन्त्री अर्यालले सरकारले कानुनी राज्यविहीनताबाट देशलाई सम्हाल्दै सुशासन कायम गरी फागुन २१ मा निर्वाचन गर्ने म्यान्डेट प्राप्त भएको उल्लेख गर्दै मताधिकार सुनिश्चित गर्नका लागि मतदाता नामावलीमा नाम दर्ता गराउन अनुरोध गर्नुभयो ।
उहाँले भन्नुभएको छ, “निर्वाचन लोकतन्त्रको आधारशीला हो । वर्तमान सरकार कानुनी राज्यविहीनताबाट देशलाई सम्हाल्दै सुशासन कायम गरी तोकिएको समयमा निर्वाचन गर्ने म्यान्डेट रहेको छ । यसैले सबैको मताधिकार सुनिश्चित गराउने मुख्य आधार भनेको मतदाता नामामवलीमा नाम दर्ता गराउने भएकाले नाम दर्ता गराउन अनुरोध छ ।”
उहाँले राष्ट्रिय परिचयपत्रको विवरणका आधारमा अनलाईन प्रणालीबाट र बाँकी सबैले निर्वाचन आयोगको कार्यालयबाट मतदाता नामावलीमा नाम दर्ता गराउन सक्ने पनि जानकारी दिनुभएको छ । हाल मङ्सिर ५ गतेसम्म नाम दर्ता गराउने समय थप भएकाले यो अवसरबाट कोही पनि नछुट्न उहाँले सार्वजनिक अनुरोध गर्नुभएको छ ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया