काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको विघटनविरुद्ध आफ्नो पार्टीले कानुनी उपचार र शान्तिपूर्ण सङ्घर्षको बाटो रोज्ने बताउनुभएको छ ।
विघटित प्रतिनिधिसभाका नेकपा (एमाले) सम्बद्ध सदस्यहरूको बैठकमा आज उहाँले संसद् पुनर्स्थापनाबाट राजनीतिक निकास दिनुपर्ने भएकाले आफूहरू पुनर्स्थापनाका लागि सर्वोच्च अदालतमा रिट लिएर जाने बताउनुभयो ।
बैठकमा सो पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सङ्कटको अवस्थामा एमालेको भूमिका नै देशको भविष्यमा निहित छ भन्ने सबैले बुझ्नुपर्नेमा जोड दिनुभयो । पार्टीका महासचिव शङ्कर पोखरेलले गत भदौ २३ र २४ गतेको घटनाको निष्पक्ष छानबिन हुनुपर्ने बताउनुभयो । बैठकमा छलफल जारी छ । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया