मंग्सिर ८, २०८२ सोमबार November 24, 2025

पाशुपत क्षेत्रमा शतबीज छरियो

मार्गशीर्ष कृष्ण त्रयोदशीको राति दिवङ्गत पितृको सद्गतिको कामना गर्दै महादीपदान गरेर शतबीज छरी अन्न खानुपर्ने मान्यता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन आज पितृमोक्षको कामनाका साथ पाशुपत क्षेत्रमा शतबीज छरिएको छ। बाला चतुर्दशीसमेत भनिने आज विधिपूर्वक शिवालय परिसर पशुपति क्षेत्रको मृगस्थलीमा शतबीज छरे दिवङ्गत पितृले मोक्ष पाउने जनविश्वास छ ।

‘चर्तुवर्ग–चिन्तामणि’अनुसार धानका सय दाना छर्ने विधि भए पनि कतिपयले मकै, गहुँ, हलेदो, जौँ, कागुनोलगायत अन्न शतबीजका रूपमा छर्ने गरेका छन् ।

मार्गशीर्ष कृष्ण त्रयोदशीको राति दिवङ्गत पितृको सद्गतिको कामना गर्दै महादीपदान गरेर शतबीज छरी अन्न खानुपर्ने मान्यता छ । पशुपति क्षेत्रको मृगस्थली, विश्वरूप, आर्यघाट, रुद्रगाडेश्वर, किरातेश्वर, गौरीघाट, गुह्येश्वरी, नवबुद्ध, बहिरो गणेशलगायत क्षेत्रमा शतबीज छर्नेको घुइँचो छ । आज पाशुपत क्षेत्रमा आउनेले वासुकी र गुह्येश्वरीमा पनि विशेष पूजा गर्ने प्रचलन छ ।

पाशुपत क्षेत्रका साथै काठमाडौँ उपत्यकाका गोकर्णेश्वर, डोलेश्वर, वसन्तपुरस्थित हनुमानढोका दरबार मक्खन महादेवस्थानमा पनि शतबीज छरिएको छ ।  रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इंग्लिस प्रिमियर लिग : शीर्षस्थानको आर्सनलले टोटेनहमलाई ४–१ गोलले हरायो
२०८२ मंग्सिर ८, सोमबार
नेपाल प्रिमियर लिगमा आज जनकपुर र विराटनगर तथा कर्णाली र सुदूरपश्चिम भिड्ने
२०८२ मंग्सिर ८, सोमबार
छुट्टाछुट्टै सडक दुर्घटनामा तीन जनाको मृत्यु
२०८२ मंग्सिर ८, सोमबार
चितवनबाट फरार बन्दी झापामा पक्राउ
२०८२ मंग्सिर ८, सोमबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
२०८२ मंग्सिर ८, सोमबार
नियमित महाधिवेशनको दबाब बढाउन देउवा समूहका केन्द्रीय सदस्य शेखरको दैलोमा
२०८२ मंग्सिर ८, सोमबार
शिवको दर्शन गर्दै थाहा पाउनुहोस् तपाँइको भाग्यफल
२०८२ मंग्सिर ८, सोमबार