मंग्सिर ९, २०८२ मंगलबार November 25, 2025

‘एनपीएल हेर्न आएकाबाट पार्किङ शुल्क उठाउन कसैलाई अनुमति दिएको छैन’ – त्रिवि

पार्किङ शुल्कबारे कसैसँग सम्झौता नगरिएको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले एनपीएल हेर्न आउने दर्शकबाट शुल्क उठाउन कसैलाई अनुमति नदिएको जनाएको छ ।

त्रिविले एक सूचना जारी गरेर भनेको छ, ‘नेपाल क्रिकेट संघद्वारा सञ्चालित क्रिकेट खेल हेर्नको लागि सहभागी दर्शकहरूले प्रयोग गरेका सवारी साधनहरू रंगशालाको आसपासको विश्वविद्यालयको जग्गामा पार्किङ गरे बापत शुल्क लिएको भन्ने कुरामा त्रिविको गम्भीर ध्यानाकर्षण भएको छ ।’

पार्किङ शुल्कबारे कसैसँग सम्झौता नगरिएको त्रिविले जनाएको छ ।

‘स:शुल्क पार्किङ सम्बन्धमा त्रिविद्वारा कुनै पनि व्यक्ति, संघ, संस्थाहरूसँग कुनै सम्झौता नगरेको र अनुमति समेत नदिएको ब्यहोरा सम्बन्धित सबैको जानकारीको लागि सूचना प्रकाशित गरिएको छ,’ सूचनामा भनिएको छ ।

May be an image of blueprint and text

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया