मंग्सिर ९, २०८२ मंगलबार November 25, 2025

बाल दिवसमा विद्यार्थी सम्मान

कालिका पालिकाका ११ संस्थागत र ३३ सामुदायिक विद्यालयमा १२ हजार ८०० विद्यार्थी अध्ययनरत छन्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

चितवन, ५ मङ्सिरः विश्व बाल दिवसका अवसरमा कालिका नगरपालिकाले १५ जना विद्यार्थीसहित ४६ जनालाई सम्मान गरेको छ ।

जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले उहाँहरुलाई बिहीबार यहाँ आयोजित एक कार्यक्रममा सम्मान गर्नुभएको हो ।

कालिका नगरपालिकाका नौ वटा सामुदायिक विद्यालय र छ वटा संस्थागत विद्यालयका १५ जना विद्यार्थी र ३१ जना खेलाडीलाई सम्मान गरिएको हो । सम्मानस्वरुप उहाँहरूलाई जनही रु पाँच हजार प्रदान गरिएको थियो ।

त्यस अवसरमा नगरप्रमुख विनोद रेग्मीले मुलुकको शैक्षिक उन्नयनका लागि संस्थागत तथा सामुदायिक विद्यालयबीच सहकार्य हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा दिइएको जानकारीअनुसार कालिका पालिकाका ११ संस्थागत र ३३ सामुदायिक विद्यालयमा १२ हजार ८०० विद्यार्थी अध्ययनरत छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया