मंग्सिर ७, २०८२ आइतबार November 23, 2025

खानेपानी र सरसफाइको क्षेत्रमा साझेदारसँग छलफल

छलफलमा उठेका बिषयहरुलाई एउटा दस्तावेज तयार गरी सबैसँग आदानप्रदान गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, ६ मङ्सिरः खानेपानी मन्त्रालयले खानेपानी, सरसफाइको क्षेत्रमा अध्ययन अनुसन्धानका लागि विभिन्न साझेदारसँग छलफल आयोजना गरेको छ ।
खानेपानी मन्त्रालयअन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्रले वेल्ट हङ्गर हिल्फे (डब्लु एचएच) को सहयोगमा खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रमा पहिलो पटक छलफल आयोजना गरेको हो । छलफलमा संयुक्त राष्ट्रसङ्घीय निकाय, विकास साझेदार, शैक्षिक तथा प्राज्ञिक संस्था, विभिन्न नागरिक सङ्गठन, सञ्जालहरु तथा खानेपानी तथा सरसफाइ विज्ञहरुको सहभागिता थियो ।
डब्लु एचएचका वास विज्ञ बिजु डङ्गोलले स्वागत मन्तव्य व्यक्त गर्दै तराई मधेसमा भूमिगत पानीको सतहको अवस्था र पहाडी क्षेत्रमा पनि मूलको पानीको अवस्थाबारे अध्ययन भइरहेको जानकारी गराउनुभयो ।
राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्रको विस्तारित कार्यक्षेत्र अनुसार प्रमाणमा आधारित र कार्यान्वयनमुखी अनुसन्धान तथा नवप्रवर्तनका लागि उपलब्ध स्रोतहरूको सदुपयोग गर्न र अनुसन्धान क्षमता वृद्धि गर्न विकास साझेदारहरूसँग सहकार्य गर्ने उद्देश्यले छलफल आयोजना गरिएको केन्द्रका कार्यकारी निर्देशक ई रामकुमार श्रेष्ठले बताउनुभयो ।
उहाँले भन्नुभयो, “केन्द्रको विस्तारित कार्यक्षेत्र अनुरुप विकास साझेदारहरूसँग छलफल गरी उपलब्ध अनुसन्धानका क्षेत्रहरु र वित्तीय अवसरहरू पहिचान गर्न र सम्भावित सहकार्यका क्षेत्रहरू पहिचान गर्न छलफल आयोजना गरिएको हो ।”
काठमाडौँ विश्वविद्यालयलगायत शैक्षिक संस्थाका प्रतिनिधिहरुले अहिले पनि खानेपानी तथा सरसफाइका विविध बिषयमा अनुसन्धानात्मक कामहरु भइरहेको र अझ विकास साझेदारहरुसँग सहकार्य गर्न पाएमा अनुसन्धानलाई वृहत बनाउन सकिने बताउनु भएको थियो ।
राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्रका कार्यकारी निर्देशक ई श्रेष्ठले अध्ययन अनुसन्धानका सम्भावित सहकार्यका बिषयमा गरिएको पहिलो छलफल अति नै उपलब्धीमूलक भएको बताउनुभयो ।
उहाँले छलफलमा उठेका बिषयहरुलाई एउटा दस्तावेज तयार गरी सबैसँग आदानप्रदान गर्ने र त्यपछि दोस्रो चरणमा कार्ययोजना नै निर्माण गर्ने गरी छलफल कार्यक्रमको आयोजना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले, “अनुसन्धान केन्द्रमा पनि अनुसन्धानका लागि भनेर बजेट विनियोजन त गरिएको हुन्छ, तर अति न्यून बजेट राखिएको हुन्छ, सरकार र विकास साझेदारबीचको सहकार्यले अनुसन्धानलाई मूर्त रुप दिन सघाउ पुग्नेछ ।” रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
माछापुच्छ्रे बैंक र जोयालुक्कास एक्सचेन्ज यूएईबीच रेमिट्यान्स सम्झौता
२०८२ मंग्सिर ७, आइतबार
लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका सात निर्णय सार्वजनिक
२०८२ मंग्सिर ७, आइतबार
रुबियोद्वारा ट्रम्पको शान्ति योजना ‘रुसको इच्छा-सूची’ भएको दाबी
२०८२ मंग्सिर ७, आइतबार
‘जनअधिकारको रक्षा र आर्थिक समृद्धिको मार्गलाई फराकिलो बनाउन लाग्छौँ’ : भीम रावल
२०८२ मंग्सिर ७, आइतबार
जेनजी समूहको अराजक गतिविधि नरोके प्रतिरोध गर्ने नेसनल भोलिन्टियर्स फोर्सको कडा चेतावनी
२०८२ मंग्सिर ७, आइतबार
बारा र पर्सामा हैजाविरुद्धको खोप ९० प्रतिशतलाई लगाइयो
२०८२ मंग्सिर ७, आइतबार
चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ मंसिर १८ गतेबाट प्रदर्शनमा आउने
२०८२ मंग्सिर ७, आइतबार