मंग्सिर ७, २०८२ आइतबार November 23, 2025

प्रधानमन्त्री सुशीला कार्कीसँग विप्लव-प्रकाण्डको भेटवार्ता

विप्लव र विश्वकर्मा प्रधानमन्त्री कार्कीलाई भेट्न बालुवाटारमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : निर्वाचन आयोगले प्रस्ताव गरेको दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी) दर्ता गरेर चुनाव चिन्ह दिएपछि सो पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र प्रवक्ता खड्गबहादुर विश्वकर्माले बालुवाटार गएर प्रधानमन्त्री सुशीला कार्कीसँग भेटेका छन्।

विप्लव र विश्वकर्मा प्रधानमन्त्री कार्कीलाई भेट्न बालुवाटारमा रहेको सरकारी निवासमा गएका हुन्। तर उनीहरुबीच भेटको प्रशंग भने खुलेको छैन।

प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलका अनुसार विप्लव नेतृत्वले भेटका क्रममा वर्तमान सरकारको भूमिकाको प्रशंसा गर्दै सहकार्यको प्रतिवद्धता व्यक्त गरेको छ।

उनका शब्दमा, “विद्रोहको बलमा बनेको यो सरकारलाई हाम्रो पूरा साथ र समर्थन छ।”

रावलका अनुसार विप्लवले जेनजी आन्दोलनका क्रममा उठाइएका जनमागहरूलाई पूरा गर्दै देशलाई स्थिर राजनीतिक मार्गमा अघि बढाउन सबै पक्षबीच व्यापक राजनीतिक समझदारी निर्माण गर्नुपर्ने धारणा राखेका छन्।

भेटपछि सरकारसमेतले यसलाई सकारात्मक संवादको निरन्तरता मान्दै राजनीतिक सहकार्यलाई सुदृढ पार्ने अपेक्षा गरेको बताइएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
माछापुच्छ्रे बैंक र जोयालुक्कास एक्सचेन्ज यूएईबीच रेमिट्यान्स सम्झौता
२०८२ मंग्सिर ७, आइतबार
लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका सात निर्णय सार्वजनिक
२०८२ मंग्सिर ७, आइतबार
रुबियोद्वारा ट्रम्पको शान्ति योजना ‘रुसको इच्छा-सूची’ भएको दाबी
२०८२ मंग्सिर ७, आइतबार
‘जनअधिकारको रक्षा र आर्थिक समृद्धिको मार्गलाई फराकिलो बनाउन लाग्छौँ’ : भीम रावल
२०८२ मंग्सिर ७, आइतबार
जेनजी समूहको अराजक गतिविधि नरोके प्रतिरोध गर्ने नेसनल भोलिन्टियर्स फोर्सको कडा चेतावनी
२०८२ मंग्सिर ७, आइतबार
बारा र पर्सामा हैजाविरुद्धको खोप ९० प्रतिशतलाई लगाइयो
२०८२ मंग्सिर ७, आइतबार
चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ मंसिर १८ गतेबाट प्रदर्शनमा आउने
२०८२ मंग्सिर ७, आइतबार