मंग्सिर ७, २०८२ आइतबार November 23, 2025

पार्टी एकताका विषयमा छलफल गर्न नेसपा बैठक

आइतबार दिउँसो १२ः०० बजे राष्ट्रिय सभागृहमा सो पार्टीले बृहत् एकता घोषणासभाको आयोजना गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, ६ मङ्सिरः आइतबार हुने पार्टी एकताका विषयमा छलफल गर्न नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को विशेष महाधिवेशन आयोजक समितिको पूर्ण बैठक बसेको छ ।
आज पार्टी केन्द्रीय कार्यालय तीनकुनेमा बसेको आयोजक समितिको पूर्ण बैठकमा पार्टीका संस्थापक अध्यक्ष डा बाबुराम भट्टराई, संयोजक दुर्गा सोबलगायत नेताहरूले बैठकमा सम्बोधन गर्नुभयो ।
आजको बैठकमा आइतबार हुने पार्टी एकताका विषयमा छलफल भएको सो पार्टीको केन्द्रीय सचिवालयले जनाएको छ । आइतबार दिउँसो १२ः०० बजे राष्ट्रिय सभागृहमा सो पार्टीले बृहत् एकता घोषणासभाको आयोजना गर्ने भएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया