मंग्सिर ८, २०८२ सोमबार November 24, 2025

सुर्य भगवानको दर्शन गर्दै थाहा पाउनुहोस् तपाँइको राशिफल

वृश्चिकलाई आजको दिन सहज हुँदा आफूभन्दा ठुलासँगको संगतले तपाईंको काम सार्थक बन्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मेष : अचानक धन खर्च हुनसक्छ । खर्च कटौती गर्नुपर्ने दिन छ । थोरै बोलेर अगाडि बढ्नु राम्रो हुनेछ । संकटमा साथीभाइको साथ मिल्नेछ । लगानी गरेको भए फाइदा हुनेछ । राजनीतिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ ।

वृष : दिन सामान्य छ । दाजुभाइसँग सल्लाह लिएर अगाडि बढेको खण्डमा दिन सहज बन्नेछ । तपाईंले बोलेको शब्दको अर्थ उल्टो लाग्ने जोखिम छ । कृषि र फलफूलको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ ।

मिथुन : दिन राम्रो छ । साथीभाइले सहयोग गर्नेछन् । राम्रो काम गरेको भए चौतर्फी साथ मिल्नेछ । राजनीतिक क्षेत्रमा भने आरोपको सामना गर्नुपर्ने भएकाले सचेत बन्नु राम्रो हुनेछ । परिवारको साथ र सहयोग मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : सञ्चित धन खर्च हुनेछ । खर्चको उपयोग गर्नुपर्ने समय छ । विदेशको रमझमले मन तान्ने छ । लगानी गरेको भए फाइदा हुनेछ । परिवारमा सुख र शान्ति रहने दिन छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

सिंह : दिन राम्रो छ । उपचारकोक्रममा भए सफलता मिल्नेछ । शिक्षामा गरेको लगानीबाट उन्नति हुनेछ । राज्यको तर्फबाट भय हुनेछ । परिवारले साथ दिनेछन् । साथीको सहयोगमा दिन राम्रो बन्नेछ ।

कन्या : दिन राम्रो छ । पशुपन्छी र फलफूलको व्यापारमा फाइदा हुनेछ । साथीसँगको भेटले मन शान्त बन्नेछ । साथीभाइले राम्रो साथ दिएको मौकामा महत्त्वपूर्ण काम गर्नु राम्रो हुनेछ । परिवार भित्र सहज वातावरण बन्नेछ ।

तुला : परिवारको सल्लाह लिएर अगाडि बढ्नुभयो भने दिन सहज बन्नेछ । परोपकारमा अग्रसर हुनेक्रममा परिवारलाई समय दिन नसक्दा खटपटी हुनेछ । निजी शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ ।

वृश्चिक : दिन सहज छ । आफूभन्दा ठुलासँगको संगतले तपाईंको काम सार्थक बन्नेछ । साना कुरामा नअल्झिनु राम्रो हुनेछ । स्वदेशमा रोजगारीका विकल्प सिर्जना हुनेछन् । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।

धनु : दिन राम्रो छ । सोचेर बोल्नु राम्रो हुनेछ । राज्यका उच्च पदसम्म पहुँच विस्तार हुनेछ । साथीभाइको सहयोगले काम सहजै बन्नेछ । साना कुरामा अल्झिएमा खटपटी बढ्नेछ । दान गरेर दिनको सुरुवात गरेमा मन शान्त बन्नेछ ।

मकर : दिन सामान्य छ । अनुत्पादक क्षेत्रको खर्च कटौती गर्नु राम्रो हुनेछ । परिवारको सल्लाहमा गरेको काम सफल बन्नेछ । शिक्षाको क्षेत्रमा ढिलासुस्ती बढ्नेछ ।

कुम्भ : दिन राम्रो छ । मन खुशी हुनेछ । शिक्षाको क्षेत्रमा गरेको प्रयासबाट सफलता मिल्नेछ । स्वास्थ्यमा सुधार हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ । व्यापारमा नाफा आर्जन गर्ने दिन छ ।

मीन : दिन सामान्य छ । बिहान उठेर धार्मिक कार्यमा सहभागी भए सोचेका काम सहजै बन्नेछ । खानपानमा ख्याल नगरेमा रोगले सताउने छ । बौद्धिक व्यक्तिसँग सल्लाह गरेर अगाडि बढेमा दिन सहज बन्नेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इंग्लिस प्रिमियर लिग : शीर्षस्थानको आर्सनलले टोटेनहमलाई ४–१ गोलले हरायो
२०८२ मंग्सिर ८, सोमबार
नेपाल प्रिमियर लिगमा आज जनकपुर र विराटनगर तथा कर्णाली र सुदूरपश्चिम भिड्ने
२०८२ मंग्सिर ८, सोमबार
छुट्टाछुट्टै सडक दुर्घटनामा तीन जनाको मृत्यु
२०८२ मंग्सिर ८, सोमबार
चितवनबाट फरार बन्दी झापामा पक्राउ
२०८२ मंग्सिर ८, सोमबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
२०८२ मंग्सिर ८, सोमबार
नियमित महाधिवेशनको दबाब बढाउन देउवा समूहका केन्द्रीय सदस्य शेखरको दैलोमा
२०८२ मंग्सिर ८, सोमबार
शिवको दर्शन गर्दै थाहा पाउनुहोस् तपाँइको भाग्यफल
२०८२ मंग्सिर ८, सोमबार