मंग्सिर ७, २०८२ आइतबार November 23, 2025

उज्यालो नेपाल पार्टीको प्रवक्तामा डा.राजु थापा चयन

केन्द्रीय समितिको बैठकले दियो भोजपुरका डा. थापालाई प्रवक्ताको जिम्मेवारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । उज्यालो नेपाल पार्टीमा प्रवक्ताको जिम्मेवारी डा. राजु थापाले पाएका छन् ।

शनिवार काठमाडौँमा बसेको केन्द्रीय समितिको बैठकले भोजपुरका डा. थापालाई प्रवक्ताको जिम्मेवारी दिएको हो । डा. थापाले विपद् व्यवस्थापनमा पिएचडी गरेका छन् । पेशाले कानुन व्यवसायी समेत हुन् ।

उज्यालो नेपाल पार्टीले हालै निर्वाचन आयोगबाट आधिकारिता प्राप्त दल हो । पार्टीको नेतृत्वमा पूर्वउर्जासचिव अनुपकुमार उपाध्याय रहेका छन् । केन्द्रीय समिति ५१ सदस्यीय छ । यो पार्टीले चुनाव चिह्न बलेको चिम लिएको छ ।

उज्यालो नेपाल पार्टीले हालै निर्वाचन आयोगबाट आधिकारिताप्राप्त दल हो । पार्टीको नेतृत्वमा पूर्वउर्जासचिव अनुपकुमार उपाध्याय रहेका छन् । केन्द्रीय समिति ५१ सदस्यीय छ । यो पार्टीले चुनाव चिह्न बलेको चिम लिएको छ ।

दल दर्तासँगै पार्टीले बृहत् घोषणा सभाको तयारी गरिरहेको छ । केन्द्रीय सदस्य इन्जिनियर डा. शंकर ढकाल नेतृत्वमा घोषणापत्रलाई अन्तिम रुप दिइँदै छ ।

यही १७ मङ्सिरमा प्रज्ञा प्रतिष्ठानमा पार्टीको घोषणा सभा हुनेछ । नेताहरूका अनुसार घोषणा पत्रमा समृद्धि र सुशासनको उज्यालो कार्यक्रम ल्याइनेछ ।

पार्टीका प्रवक्ता डा। थापा आफूहरू एकीकृत वैकल्पिक शक्ति बनाउने प्रयासमा रहेको बताउँछन् । यसका लागि आवश्यक गृहकार्य र चुनावको तयारी एकसाथ अगाडि बढेको डा. थापाले जानकारी दिए ।

नेताहरूका अनुसार उज्यालो नेपाल पार्टी मध्यमार्गी सोचको पार्टी हो र यसको गन्तव्य उन्नत समाजवाद हो । उन्नत मध्यमार्गी समाजवादको सिद्धान्तबाट पार्टी निर्देशित हुनेछ ।

मुख्य उद्देश्य गुणस्तरीय पूर्वाधार र समग्रतामा आर्थिक समृद्धि र क्रान्ति भएको उल्लेख गर्दै नेताहरू आन्टरप्रिनर युतहरूको वर्चस्व हुने गरी पार्टी बनाएको बताउँछन् । समानुपातिक सहभागिता, मेरिटोक्रेसी, सही व्यक्ति, सही ठाउँलाई मूल मन्त्र बनाउने पार्टीको प्रतिबद्धता छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया