मंग्सिर ७, २०८२ आइतबार November 23, 2025

बारा र पर्सामा हैजाविरुद्धको खोप ९० प्रतिशतलाई लगाइयो

बारामा तीन लाख २२ हजार ९२६ र पर्सामा पाँच लाख ८९ हजार ३५४ जनालाई हैजाको महामारीविरुद्ध खोप लगाइयो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । सरकारले बारा र पर्सामा करिब ९० प्रतिशतलाई हैजाविरुद्धको खोप लगाएको छ ।

दुई चरणमा सम्पन्न भएको बारामा ८८ दशमलव २५ प्रतिशत र पर्सामा ९० प्रतिशतलाई खोप लगाइएको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका प्रमुख डा.अभियान गौतमले जानकारी दिए । उनका अनुसार बारामा तीन लाख २२ हजार ९२६ र पर्सामा पाँच लाख ८९ हजार ३५४ जनालाई हैजाको महामारीविरुद्ध प्रतिकार्य खोप अभियानअन्तर्गत खोप लगाइएको छ ।

बारा र पर्सामा असोज २६ देखि कात्तिक २ र कात्तिक १३ देखि कात्तिक २७ गतेसम्म एक वर्षमाथिका सबैलाई हैजाविरुद्धको खोप अभियान सञ्चालन गरिएको थियो । शाखा प्रमुख डा.गौतमले ती दुई जिल्लामा लगाइएको हैजाविरुद्धको खोप अहिलेसम्मकै सबैभन्दा धेरै ‘कभरेज’ रहेको बताए।

“अहिलेसम्म हैजाविरुद्धको खोप अभियानमा ७० देखि ८० प्रतिशतलाई लगाइने गरिएको थियो”, उनले भने, “घरघर गएर खोप लगाइएकाले ९० प्रतिशत खोप कभरेज रह्यो ।” उनले लगाउन छुटेका १० प्रतिशतलाई नियमित खोप कार्यक्रमअन्तर्गत खोप लगाइएको जानकारी दिए । गत भदौमा बारा र पर्सामा हैजाको प्रकोप फैलिएपछि स्वास्थ्य सेवा विभागले बाराका छ र पर्साका १४ स्थानीय तहमा हैजाविरुद्धको खोप अभियान सञ्चालन गरेको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
माछापुच्छ्रे बैंक र जोयालुक्कास एक्सचेन्ज यूएईबीच रेमिट्यान्स सम्झौता
२०८२ मंग्सिर ७, आइतबार
लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका सात निर्णय सार्वजनिक
२०८२ मंग्सिर ७, आइतबार
रुबियोद्वारा ट्रम्पको शान्ति योजना ‘रुसको इच्छा-सूची’ भएको दाबी
२०८२ मंग्सिर ७, आइतबार
‘जनअधिकारको रक्षा र आर्थिक समृद्धिको मार्गलाई फराकिलो बनाउन लाग्छौँ’ : भीम रावल
२०८२ मंग्सिर ७, आइतबार
जेनजी समूहको अराजक गतिविधि नरोके प्रतिरोध गर्ने नेसनल भोलिन्टियर्स फोर्सको कडा चेतावनी
२०८२ मंग्सिर ७, आइतबार
बारा र पर्सामा हैजाविरुद्धको खोप ९० प्रतिशतलाई लगाइयो
२०८२ मंग्सिर ७, आइतबार
चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ मंसिर १८ गतेबाट प्रदर्शनमा आउने
२०८२ मंग्सिर ७, आइतबार