मंग्सिर ७, २०८२ आइतबार November 23, 2025

जेनजी समूहको अराजक गतिविधि नरोके प्रतिरोध गर्ने नेसनल भोलिन्टियर्स फोर्सको कडा चेतावनी

यथाशीघ्र कठोर कदम चाल्न सम्बन्धित पक्षलाई आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेसनल भोलिन्टियर्स फोर्सले सुदन गुरुङसहित जेनजी समूहका नाममा भइरहेका अराजक गतिविधि नरोके प्रतिरोध गर्ने चेतावनी दिएको छ।

एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतमाथि विराटनगर विमानस्थलबाट बाहिरिने क्रममा भएको घटनाले ध्यानाकर्षण भएको जनाउँदै फोर्सले यस्तो चेतावनी सार्वजनिक गरेको हो।

घटनामा संलग्न व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएसँगै आवश्यक कानुनी कारबाही गर्न नेपाली कांग्रेसलाई समेत फोर्सले आग्रह गरेको छ।

शनिबार मात्रै सुधन गुरुङ नेतृत्वका समूहले एमाले नेता किसान श्रेष्ठको घरमै पुगेर गुण्डागर्दी शैलीमा परिवारका सदस्यलाई धम्की दिएको घटनाप्रति पनि आफूहरूको गम्भीर ध्यानाकर्षण भएको फोर्सले जनाएको छ।

यस्ता घटनाले कानून व्यवस्था कमजोर बन्ने भन्दै फोर्सले यथाशीघ्र कठोर कदम चाल्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
माछापुच्छ्रे बैंक र जोयालुक्कास एक्सचेन्ज यूएईबीच रेमिट्यान्स सम्झौता
२०८२ मंग्सिर ७, आइतबार
लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका सात निर्णय सार्वजनिक
२०८२ मंग्सिर ७, आइतबार
रुबियोद्वारा ट्रम्पको शान्ति योजना ‘रुसको इच्छा-सूची’ भएको दाबी
२०८२ मंग्सिर ७, आइतबार
‘जनअधिकारको रक्षा र आर्थिक समृद्धिको मार्गलाई फराकिलो बनाउन लाग्छौँ’ : भीम रावल
२०८२ मंग्सिर ७, आइतबार
जेनजी समूहको अराजक गतिविधि नरोके प्रतिरोध गर्ने नेसनल भोलिन्टियर्स फोर्सको कडा चेतावनी
२०८२ मंग्सिर ७, आइतबार
बारा र पर्सामा हैजाविरुद्धको खोप ९० प्रतिशतलाई लगाइयो
२०८२ मंग्सिर ७, आइतबार
चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ मंसिर १८ गतेबाट प्रदर्शनमा आउने
२०८२ मंग्सिर ७, आइतबार