मंग्सिर ८, २०८२ सोमबार November 24, 2025

नियमित महाधिवेशनको दबाब बढाउन देउवा समूहका केन्द्रीय सदस्य शेखरको दैलोमा

निर्वाचन अघि महाधिवेशन गर्न नेताहरूको ध्यानाकर्षण गराउँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं। निर्वाचनअघि नियमित महाधिवेशनको पक्षमा रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षका २७ केन्द्रीय सदस्यले संस्थापन इतरका नेता डा. शेखर कोइरालालाई भेटेका छन्।

कोइरालाको सम्पर्क कार्यालय विशालनगरमा आइतबार बिहान भेटेर उनीहरूले नियमित महाधिवेशनका लागि दबाब बढाउन थप सक्रिय हुन उनलाई आग्रह गरेका छन्।

कोइरालालाई भेट्न पुगेका केन्द्रीय सदस्य आंगेलु शेर्पाले नियमित महाधिवेशनका लागि सक्रियता बढाउन आग्रह गरिएको बताए । शेर्पाले भने, ‘साथीहरूले उहाँ (शेखर कोइराला)को क्रियाशीलता कम भएको विषयमा जिज्ञासा राख्नुभयो । तपाईँले नियमित महाधिवेशन पक्षमा कुरा अलि बलियो गरी नराखेको हो भनेर जिज्ञासा राख्नुभयो ।’

केन्द्रीय सदस्यहरूको जिज्ञासमा नेता कोइरालाले आफू नियमित महाधिवेशनको पक्षमा रहेको भन्दै त्यसका लागि थप सक्रिय हुने जानकारी गराएको शेर्पाले बताएका छन् । नेता कोइरालाले विशेष महाधिवेशन गर्नै पर्ने अवस्थामा हर सम्भव केन्द्रीय समितिबाट निर्णय गराएर आह्वान गर्नुपर्ने पक्षमा पनि आफू रहेको बताएका थिए ।

कोइरालाको भनाइ उद्धृत गर्दै शेर्पाले भने, ‘नियमित महाधिवेशन पुसभित्रै गर्नुपर्ने पक्षमा म छु । विशेष महाधिवेशनमा जानुपर्ने अवस्थामा केन्द्रीय समितिले निर्णय गरेर आह्वान गर्दा उपयुक्त हुन्छ ।’ कोइरालाले शनिबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले महाधिवेशन का विषयमा किन निर्णय लिन सकेन भन्ने’bout आफू अनभिज्ञ रहेको बताएका थिए ।

भेटमा पार्टीका सहमहामन्त्री जीवन परियार, बद्री पाण्डे, नेताहरू डा. मिनेन्द्र रिजाल, सञ्जय गौतम, डा। गोविन्द पोखरेल, रामकृष्ण यादव लगायत सहभागी थिए । भेटमा सहभागी दुई महामन्त्री परियार र पाण्डेले पार्टीको निर्णय प्रक्रियाका ’boutमा आफूहरूलाई कम जानकारी हुने गरेको बताएको शेर्पाले बताए ।

सभापति देउवा पक्षका २७ केन्द्रीय सदस्यले निर्वाचन अघि महाधिवेशन गर्न नेताहरूको ध्यानाकर्षण गराउँदै आएका छन् । सभापति देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालाई उनीहरूले भेटिसकेका छन् । विशेष महाधिवेशन मागका लागि अगुवाइ गर्ने नेताहरूसँग सोमबार भेट्ने शेर्पाले जानकारी गराए । शेर्पाले भने, ‘हामी समन्वयकारी भूमिकासहित एउटा ठोस निष्कर्ष निकाल्ने प्रयासमा छौँ ।’ राजधानी दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इंग्लिस प्रिमियर लिग : शीर्षस्थानको आर्सनलले टोटेनहमलाई ४–१ गोलले हरायो
२०८२ मंग्सिर ८, सोमबार
नेपाल प्रिमियर लिगमा आज जनकपुर र विराटनगर तथा कर्णाली र सुदूरपश्चिम भिड्ने
२०८२ मंग्सिर ८, सोमबार
छुट्टाछुट्टै सडक दुर्घटनामा तीन जनाको मृत्यु
२०८२ मंग्सिर ८, सोमबार
चितवनबाट फरार बन्दी झापामा पक्राउ
२०८२ मंग्सिर ८, सोमबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
२०८२ मंग्सिर ८, सोमबार
नियमित महाधिवेशनको दबाब बढाउन देउवा समूहका केन्द्रीय सदस्य शेखरको दैलोमा
२०८२ मंग्सिर ८, सोमबार
शिवको दर्शन गर्दै थाहा पाउनुहोस् तपाँइको भाग्यफल
२०८२ मंग्सिर ८, सोमबार