मंग्सिर ८, २०८२ सोमबार November 24, 2025

नेपाल प्रिमियर लिगमा आज जनकपुर र विराटनगर तथा कर्णाली र सुदूरपश्चिम भिड्ने

दुईवटा खेल खेलेको पोखरा भने दुवै पराजित हुँदै पुछारमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदै छन् ।

त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा बिहान ११:४५ बजे हुने पहिलो खेलमा जनकपुर बोल्ट्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा हुँदैछ । त्यसैगरी, दोस्रो खेल दिउँसो ४:०० बजे कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सबीच हुनेछ ।

हालसम्मको अङ्कतालिकाअनुसार दुई–दुई खेल खेलेका सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्स चार–चार अङ्कसहित पहिलो र दोस्रो स्थानमा छन् । तीन खेल खेलिसकेको काठमाडौँ गुर्खाज भने दुई अङ्क जोड्दै तेस्रो स्थानमा छ । दुईवटा खेल खेलेको पोखरा भने दुवै पराजित हुँदै पुछारमा छ ।

एनपीएलमा आज दुई खेल हुँदै : विराटनगर र जनकपुर, कर्णाली र सुदूरपश्चिम भिड्दैमङ्सिर १ गतेदेखि सुरु एनपीएलमा जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किङ्ग्स, चितवन राइनोज, काठमाडौँ गुर्खाज र लुम्बिनी लायन्स गरेर आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन् । मङ्सिर २७ गते फाइनल हुनेछ ।

हिजो भने कुनै पनि खेल राखिएका थिएन । नेपाल क्रिकेट सङ्घले यसअघि नै सार्वजनिक गरेको खेलतालिकामा हिजो विश्राम दिन राखिएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इंग्लिस प्रिमियर लिग : शीर्षस्थानको आर्सनलले टोटेनहमलाई ४–१ गोलले हरायो
२०८२ मंग्सिर ८, सोमबार
नेपाल प्रिमियर लिगमा आज जनकपुर र विराटनगर तथा कर्णाली र सुदूरपश्चिम भिड्ने
२०८२ मंग्सिर ८, सोमबार
छुट्टाछुट्टै सडक दुर्घटनामा तीन जनाको मृत्यु
२०८२ मंग्सिर ८, सोमबार
चितवनबाट फरार बन्दी झापामा पक्राउ
२०८२ मंग्सिर ८, सोमबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
२०८२ मंग्सिर ८, सोमबार
नियमित महाधिवेशनको दबाब बढाउन देउवा समूहका केन्द्रीय सदस्य शेखरको दैलोमा
२०८२ मंग्सिर ८, सोमबार
शिवको दर्शन गर्दै थाहा पाउनुहोस् तपाँइको भाग्यफल
२०८२ मंग्सिर ८, सोमबार