काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शीर्षस्थानको आर्सनलले जित निकालेको छ । गएराति भएको खेलमा आर्सनलले शहरी प्रतीद्वन्द्वी टोटेनहमलाई ४–१ गोलले हराएको हो ।
घरेलु टोलिको जितमा एवेरेची एजेले ह्याट्रिक गरे भने लियान्ड्रो ट्रोसार्डले एक गोल थपे । टोटेनहमका रिचार्लिसनले एक गोल फर्काए । ३६ औं मिनेटमा ट्रोसार्डले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाए ।
४१ औं र ४६ औं मिनेटमा एजेले गोल गरेपछि आर्सनल ३–० ले अघि बढ्यो । ५५ औं मिनेटमा रिचार्लिसनलले गोल गर्दै टोटेनहमलाई १–३ को अवस्थामा ल्याए । यता, ७६ औं मिनेटमा एजेले गोल गर्दै ह्याट्रिक पूरा गरे भने टोलिलाई ४–१ को जित दिलाए ।
यो नतिजापछि आर्सनलको १२ खेलबाट २९ अंक पुगेको छ । दोस्रो स्थानको चेल्सीको २३ अंक छ । टोटेनहम १८ अंकका साथ नवौं स्थानमा रहेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया