काठमाण्डाैंः विराटनगर स्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा एक कोरोना भाइरस संक्रमित महिलाको मृत्यु भएको छ । केन्द्रमा उपचारमा लागि पुर्याएको आधा घण्टा नपुग्दै विराटनगर महानगरपालिका–१९ मिलनचोककी ४० वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको हो।
उनको उपचारकै क्रममा बिहीबार साँझ करिब सवा ७ जे मृत्यु भएको केन्द्रका प्रमुख एवं वरिष्ठ फिजिसियन डा. दीपक सिग्देलले बताए । ती महिलामा उच्च रक्तचाप, हाइपोथाइराडिज्म, मोटोपना लगायतका स्वास्थ्य समस्या थिए । यो संगै विराटनगरमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया