काठमाडौं । नेकपा एमाले दोलखाका पूर्व जिल्ला कमिटी सचिव तथा शैलुङ गाउँपालिकाका पूर्व अध्यक्ष भरत दुलाल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्।
दोलखाका प्रभावशाली नेता दुलालले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गरेपछि औपचारिक रूपमा नेकपामा प्रवेश गरेको प्रेस सेन्टर नेपालका उपाध्यक्ष लक्ष्मण खड्काले जानकारी दिए।
दुलालको पार्टी प्रवेश कार्यक्रममा नेकपा नेता विशाल खड्का, रेनु दाहाल, साबिक नेकपा एसका नेता तथा तामाकोशी गाउँपालिका अध्यक्ष प्रोणप्रताप केसी, भीम दाहाललगायतको उपस्थिति थियो।
एमाले जिल्ला कमिटी अध्यक्षमा पराजित भएपछि दुलाल पार्टीमा निष्क्रिय रहेको बताइएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया