काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै नेकपा (एमाले)ले सर्वोच्च अदालतमा रिट दायर गरेको छ।
विघटित प्रतिनिधिसभाका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार आज असंवैधानिक रूपमा प्रतिनिधिसभा विघटन गरिएको दाबी गर्दै रिट दायर गरिएको हो।
उनका अनुसार संविधानले नदिएको अधिकार प्रयोग गरी प्रतिनिधिसभा विघटन गरिएको र त्यसले लोकतान्त्रिक व्यवस्थामै आँच पुगेको भन्दै पुनर्स्थापनाका लागि अदालतसमक्ष निवेदन पेश गरिएको छ।
एमालेले संसद् विघटनलाई पूर्ण रूपमा असंवैधानिक, अलोकतान्त्रिक र निरर्थक भएको आरोप लगाउँदै संसदलाई पुनःस्थापना गर्न माग गरेको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया