मंग्सिर ११, २०८२ बिहिबार November 27, 2025

एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा अध्यक्ष पदमा उम्मेदवारी घोषणा

आन्तरिक लोकतन्त्र समृद्ध भएकोे पार्टीले मात्र लोकतान्त्रिक समाजको निर्माण र नेतृत्व गर्न सक्ने भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, ९ मङ्सिरः नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदको उम्मेदवार बन्ने घोषणा गर्नुभएको छ ।
आज वक्तव्य जारी गर्दै उहाँले पार्टी निर्माणमा गरेको योगदानको आधारमा महाधिवेशनमा अध्यक्ष पदको उम्मेदवारका रूपमा प्रस्तुत हुने निष्कर्षमा आफू पुगेको भन्दै उम्मेदवारी घोषणा गर्नुभएको हो ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले वक्तव्यमा भन्नुभएको छ,“पार्टी पुनर्गठन र रुपान्तरणका लागि देशभरिका साथीहरूले गर्नुभएको आग्रह र सुझावलाई स्वीकार गरेर अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको हुँ ।”
उहाँले पार्टीका नेता तथा कार्यकर्ताको योग्यता, क्षमता र रुचिअनुसार जिम्मेवारी प्रदान गर्दै सामूहिक नेतृत्व र पहलमार्फत एमालेलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा विकास गर्न आफू प्रतिबद्ध रहेको बताउनुभएको छ  ।
एमालेको महाधिवेशन यही मङ्सिर २७-२९ गते काठमाडौँमा हुँदैछ । महाधिवेशनका लागि यही मङ्सिर १३ गते देश तथा प्रवासमा महाधिवेशन प्रतिनिधि चयन हुँदैछन् । उहाँले प्रतिनिधि छनोटमा उच्च विवेकको प्रयोग, स्वस्थ, मर्यादित र निर्भयका साथ सक्रिय सहभागी हुन पार्टी सदस्यलाई आह्वानसमेत गर्नुभएको छ ।
पार्टीको रक्षामार्फत राष्ट्र र नेपाली जनताको हित रक्षालाई सर्वोपरि मानेर अघि बढ्नु सबैको साझा दायित्व रहेको भन्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले आन्तरिक लोकतन्त्र समृद्ध भएकोे पार्टीले मात्र लोकतान्त्रिक समाजको निर्माण र नेतृत्व गर्न सक्नेसमेत बताउनुभयो ।
उहाँले महाधिवेशनसमक्ष प्रस्तुत गर्ने आफ्नो राजनीतिक तथा साङ्गठानिक दृष्टिकोणको बिस्तारित दस्ताबेज निकट भविष्यमा सार्वजनिक गर्ने पनि उल्लेख गर्नुभएको छ ।रास

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जसपा मधेश प्रदेशका अध्यक्ष अशोक कुमार यादवले पार्टी छाडे
२०८२ मंग्सिर ११, बिहिबार
राजमार्ग अतिक्रमित गरी बनाइएका घर टहरा हटाउन सुरु
२०८२ मंग्सिर ११, बिहिबार
एसिसी यू–१९ प्रिमियर कपः हङकङलाई नेपालको २७१ रनको चुनौती
२०८२ मंग्सिर ११, बिहिबार
नेकपा र जसपा एकता पक्षधर समूहबीच १० बुँदे सहमति
२०८२ मंग्सिर ११, बिहिबार
एनपिएल : लुम्बिनीले सुदूरपश्चिमलाई दियो १ सय ४४ रनको लक्ष्य
२०८२ मंग्सिर ११, बिहिबार
नेपाल–भियतनाम चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्रिको नयाँ कार्यसमिति चयन
२०८२ मंग्सिर ११, बिहिबार
प्रोत्साहनका कार्यक्रमले उद्यमशील बन्दै पौवादुङमा महिला
२०८२ मंग्सिर ११, बिहिबार