मंग्सिर ११, २०८२ बिहिबार November 27, 2025

निर्वाचनको वातावरण बनाउन सरकारलाई दबाब सिर्जना गर्छौं : अध्यक्ष प्रचण्ड

नेपालमा विद्यमान राष्ट्रिय संकटको अवस्थाको सामना गर्न आवश्यक शक्ति निर्माण गर्ने दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई निर्वाचनको वातावरण बनाउन दबाब सिर्जना गर्ने बताएका छन्।

मंगलबार काठमाडौंमा आयोजित अखिल नेपाल ट्रेड युनियन महासंघमा विभिन्न संगठनबाट प्रवेश कार्यक्रममा उनले जेनजी आन्दोलनपछि राष्ट्र असहज अवस्थाबाट गुज्रिएको भन्दै यसलाई सहज बनाउन सरकारलाई निर्वाचनको वातावरण बनाउन उत्प्रेरित र दबाब सिर्जना गर्ने बताए।

उनले भने, ‘जेनजी आन्दोलनपछि राष्ट्र असहज अवस्थाबाट गुज्रिएको छ। यस्तो बेला आउन लागेको निर्वाचनको लागि वातावरण बनाउन जनतालाई अपिल गर्ने छौ। राजनीतिक दलहरुलाई अपिल गर्ने छौ र सरकारलाई निर्वाचनको वातावरण बनाउन पहलका लागि उत्प्रेरित गर्नेछौ। दबाब पनि सिर्जना गर्ने छौं र देशमा अहिले देखा परेको असहज अवस्थालाई सहज बनाउन अगाडि बढ्ने छौ।’

यस्तै, उनले नेपालमा विद्यमान राष्ट्रिय संकटको अवस्थाको सामना गर्न आवश्यक शक्ति निर्माण गर्ने र देश र नेपाली जनताको अधिकारलाई फेरि स्थापित गर्ने उद्देश्यद्वारा पार्टी अगाडि बढाइएको पनि उनको भनाई छ।

उनले भने, ‘नेपालमा विद्यमान राष्ट्रिय संकटको जुन अवस्था छ त्यसको सामना गर्न आवश्यक शक्ति निर्माण गर्ने र नेपाली जनताको अधिकारलाई फेरि स्थापित गर्ने महान उद्देश्यका साथ अघि बढेका छौं। ढिलोछिटो सबै सच्चा कम्युनिष्ट, देशभक्त र लोकतन्त्रवादीहरु नेपाली कम्युनिष्ट पार्टीको नेतृत्वमा जोडिने छन्।’

साथै, उनले नेपाली कम्युनिष्ट पार्टी देशमा साच्चिकै रोजगारी सिर्जना गर्ने, कृषि पर्यटन, उद्योग र उर्जालगायत सबै क्षेत्रमा व्यापक सुधार गर्न नयाँ आर्थिक क्रान्ति गर्ने उद्देश्यका साथ विदेशमा रहेका नेपालीहरुको लागि काम गर्नेतर्फ लागेको पनि बताए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जसपा मधेश प्रदेशका अध्यक्ष अशोक कुमार यादवले पार्टी छाडे
२०८२ मंग्सिर ११, बिहिबार
राजमार्ग अतिक्रमित गरी बनाइएका घर टहरा हटाउन सुरु
२०८२ मंग्सिर ११, बिहिबार
एसिसी यू–१९ प्रिमियर कपः हङकङलाई नेपालको २७१ रनको चुनौती
२०८२ मंग्सिर ११, बिहिबार
नेकपा र जसपा एकता पक्षधर समूहबीच १० बुँदे सहमति
२०८२ मंग्सिर ११, बिहिबार
एनपिएल : लुम्बिनीले सुदूरपश्चिमलाई दियो १ सय ४४ रनको लक्ष्य
२०८२ मंग्सिर ११, बिहिबार
नेपाल–भियतनाम चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्रिको नयाँ कार्यसमिति चयन
२०८२ मंग्सिर ११, बिहिबार
प्रोत्साहनका कार्यक्रमले उद्यमशील बन्दै पौवादुङमा महिला
२०८२ मंग्सिर ११, बिहिबार