मंग्सिर १०, २०८२ बुधबार November 26, 2025

यु-१९ प्रिमियर कप : साउदी अरेबियामाथि नेपालको विजयी शुरुआत

१४ वटा टोली सहभागी प्रतियोगिता आउँदो डिसेम्बर १ सम्म चल्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ। यूएईमा चलिरहेको १९ वर्षमुनिको एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले विजयी शुरुआत गरेको छ । यूएईको अजमानमा रहेको कारवान मैदानमा आज भएको खेलमा नेपालले साउदी अरबलाई ८ विकेटले हरायो ।

जितका लागि २१९ रनको चुनौती पछ्याएको नेपालले ३० ओभर ४ बलमै २ विकेटको क्षतिमा पूरा गरेको हो ।

नेपालका लागि निरजकुमार यादवले ९० बलमा ११४ रन बनाए । त्यस्तै निश्चल क्षेत्रीले ७३ बलमा ६६ रन बनाउ । वंश क्षेत्रीले २० बलमा ३० रन बनाए ।

यसअघि टस हारेर ब्याटिङ गरेको साउदी अरबले ५० ओभरमा ९ विकेट गुमाएर २ सय १८ रन बनायो । साउदी अरबका मोहम्मद जुबेर सुनसराले सबैभन्दा धेरै ४८ रन बनाए । नेपालका अशोक धामीले २ विकेट लिए ।

यो जीतसँगै समूह ‘ए’ मा रहेको नेपालले दुई अङ्क जोडेको छ । यो समूहमा नेपाल र साउदी अरबसँगै हङकङ रहेको छ । अब नेपालले समूह चरणको आफ्नो दोस्रो तथा अन्तिम खेलमा पर्सि बिहीवार हङकङसँग खेल्नेछ ।

१४ वटा टोली सहभागी प्रतियोगिता आउँदो डिसेम्बर १ सम्म चल्नेछ । शीर्ष तीन टोली १९ वर्षमुनिको एशिया कपमा छनोट हुनेछन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया