मंग्सिर १०, २०८२ बुधबार November 26, 2025

एनपिएल : काठमान्डुले लुम्बिनी लायन्सलाई २२ रनले हरायो

काठमान्डुको दोस्रो जित, लुम्बिनी २२ रनले पराजित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ। काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणमा दोस्रो जित हात पारेको छ ।

मंगलबार कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा काठमान्डुले लुम्बिनी लायन्सलाई २२ रनले पराजित गरेको हो ।

चार खेल खेलिसकेको काठमान्डुले दोस्रो जितपछि ४ अंक जोडेर तेस्रो स्थानमा छ । पहिलो खेलमा जनकपुर बोल्ट्सलाई पराजित गरेपछि काठमान्डु सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्ससँग लगातार पराजित भएको थियो ।

लुम्बिनीको भने यो लगातार दोस्रो हार हो । पहिलो खेलमा चितवन राइनोजलाई हराएको लुम्बिनी दोस्रो खेलमा कर्णाली याक्ससँग पराजित भएको थियो ।

काठमान्डुले दिएको १५९ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १९।१ ओभरमा सबै विकेट गुमाएर १३५ रनमै अलआउट भयो ।

लुम्बिनीका लागि शेर मल्लले सर्वाधिक २७ र दिलीप नाथले २५ रन बनाए पनि पर्याप्त भएन ।

बलिङमा काठमान्डुका मिलिन्द कुमार र जेरार्ड एरासमसले दुई/दुई तथा कप्तान करण केसी, शाहब आलम, सन्तोष यादव र रासिद खानले समान विकेट लिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया