मंग्सिर ११, २०८२ बिहिबार November 27, 2025

काँग्रेसको विशेष महाधिवेशन पक्षधर समूहले आज काठमाडौंमा विशेष भेला गर्दै

जेनजी आन्दोलनपछि कांग्रेसभित्र संगठन पुनर्संरचना, नीति सुधार र नयाँ नेतृत्व चयनका प्रश्न उठ्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको माग तीव्र बन्दै गएपछि त्यसका पक्षधर समूहले आज राजधानी काठमाडौंमा शक्ति प्रदर्शनका रूपमा विशेष भेलाको आयोजना गर्दै छ। पार्टी सुधार, पुनर्गठन र नेतृत्वगत स्पष्टता आवश्यक रहेको भन्दै लामो समयदेखि विशेष महाधिवेशन माग गर्दै आएका नेताहरूले आजको भेलालाई निर्णायक चरणका रूपमा हेरेका छन्।

दिउँसो १ बजेपछि राष्ट्रियसभा गृह, भृकुटीमण्डपमा हुनेगरी भेला आयोजना गरिएको आयोजक नेता गुरुराज घिमिरेले जानकारी दिएका छन्। उनका अनुसार काठमाडौं उपत्यकासँगै बाहिरी जिल्लाबाट पनि सयौँ नेता तथा कार्यकर्ताहरू सहभागी भएर विशेष महाधिवेशनको मागलाई थप सशक्त बनाउने तयारी गरिएको छ।

जेनजी आन्दोलनपछि कांग्रेसभित्र संगठन पुनर्संरचना, नीति सुधार र नयाँ नेतृत्व चयनका प्रश्न उठ्दै आएका छन्। यिनै मागसहित विशेष महाधिवेशन बोलाउन दबाब दिँदै आएका नेताहरूले नियमित महाधिवेशन समयमै नहुने सम्भावना देखिएपछि विशेष महाधिवेशनलाई अनिवार्य विकल्पका रूपमा अघि सारेका हुन्।

विशेष महाधिवेशन माग गर्दै देशभरका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरी असोज २८ गते नै कार्यवहाक सभापति पूर्णबहादुर खड्कालाई बुझाइसकेका छन्। कांग्रेसको विधानअनुसार ४० प्रतिशत प्रतिनिधिले माग गरेपछि पार्टीले तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनै पर्ने प्रावधान छ।

यही वैधानिक व्यवस्था अनुसार आगामी पुष २८ गतेभित्र नियमित वा विशेष महाधिवेशन आयोजना गर्नुपर्ने बाध्यता कांग्रेस नेतृत्वमाथि परेको छ। आजको भेला त्यसै दबाबलाई औपचारिक रूपमा सुदृढ बनाउने उद्देश्यले आयोजना गरिएको नेताहरूको भनाइ छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जसपा मधेश प्रदेशका अध्यक्ष अशोक कुमार यादवले पार्टी छाडे
२०८२ मंग्सिर ११, बिहिबार
राजमार्ग अतिक्रमित गरी बनाइएका घर टहरा हटाउन सुरु
२०८२ मंग्सिर ११, बिहिबार
एसिसी यू–१९ प्रिमियर कपः हङकङलाई नेपालको २७१ रनको चुनौती
२०८२ मंग्सिर ११, बिहिबार
नेकपा र जसपा एकता पक्षधर समूहबीच १० बुँदे सहमति
२०८२ मंग्सिर ११, बिहिबार
एनपिएल : लुम्बिनीले सुदूरपश्चिमलाई दियो १ सय ४४ रनको लक्ष्य
२०८२ मंग्सिर ११, बिहिबार
नेपाल–भियतनाम चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्रिको नयाँ कार्यसमिति चयन
२०८२ मंग्सिर ११, बिहिबार
प्रोत्साहनका कार्यक्रमले उद्यमशील बन्दै पौवादुङमा महिला
२०८२ मंग्सिर ११, बिहिबार