मंग्सिर ११, २०८२ बिहिबार November 27, 2025

रास्वपाद्वारा सबै वैकल्पिक शक्तिलाई एकजुट हुन आह्वान

सबै वैकल्पिक शक्तिहरूलाई एकजुट बनाउन सचिवालयबाट आवश्यक सहजीकरण गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मुलुकभरिका सबै वैकल्पिक राजनीतिक शक्तिहरूलाई एकजुट हुन आह्वान गरेको छ। रास्वपाको सचिवालय बैठकले यस सम्बन्धमा आवश्यक सहजीकरण गर्ने निर्णय गरेको हो।

सचिवालय बैठकमा उच्च संवाद समितिले विभिन्न राजनीतिक दल, समूह र व्यक्तिसँग भएको संवाद प्रगतिको बारेमा ब्रिफिङ प्रस्तुत गरेको थियो। बैठकमा नेताहरूले सम्भाव्य राजनीतिक ध्रुवीकरण र सहकार्यलाई तार्किक निष्कर्षमा पुर्‍याउने विषयमा छलफल गरेका छन्।

रास्वपाका महामन्त्री कबिन्द्र बुर्लाकोटीका अनुसार, केन्द्रीय समितिको ३ मंसिरको बैठकको निर्देशानुसार सबै वैकल्पिक शक्तिहरूलाई एकजुट बनाउन सचिवालयबाट आवश्यक सहजीकरण गरिने छ।

सचिवालय बैठकमा निर्णय भएका पाँच मुख्य बुँदा यस प्रकार छन्ः

-विभिन्न राजनीतिक दल, समूह र व्यक्तिसँग भएको संवाद प्रगति सम्बन्धमा उच्च संवाद समितिद्वारा ब्रिफिङ भएको र सम्भाव्य राजनीतिक ध्रुवीकरण तथा सहकार्यलाई तार्किक निष्कर्षमा पुर्‍याउन आवश्यक सहजीकरण गर्ने निर्णय।

-पार्टीको केन्द्रीय अनुशासन आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय लेखा आयोगमा रहेका रिक्त पदहरू भर्न योग्य सदस्यहरूको नाम सिफारिस गर्न केन्द्रीय समितिसँग अनुरोध गर्ने निर्णय।

-प्रदेश इन्चार्जको भूमिका निर्वाह गर्दै आएका सचिवालय सदस्यहरूलाई विशेष धन्यवाद दिँदै आगामी निर्वाचन केन्द्रित गतिविधिमा जिम्मेवारी प्रदान गर्ने र प्रदेश इन्चार्जको भूमिका केन्द्रीय सदस्यहरूलाई तोक्ने निर्णय।

-सबै पालिकामा पार्टीको र्यापिड एक्सन टिम गठन गर्ने र प्रदेश तथा जिल्ला संगठनलाई निर्देशन दिने निर्णय।

-कार्यसम्पादन मूल्याङ्कन प्रतिवेदनका आधारमा पार्टी विधानको धारा ७० बमोजिम कीर्तिपुर नगर समिति विघटन गर्ने निर्णय।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जसपा मधेश प्रदेशका अध्यक्ष अशोक कुमार यादवले पार्टी छाडे
२०८२ मंग्सिर ११, बिहिबार
राजमार्ग अतिक्रमित गरी बनाइएका घर टहरा हटाउन सुरु
२०८२ मंग्सिर ११, बिहिबार
एसिसी यू–१९ प्रिमियर कपः हङकङलाई नेपालको २७१ रनको चुनौती
२०८२ मंग्सिर ११, बिहिबार
नेकपा र जसपा एकता पक्षधर समूहबीच १० बुँदे सहमति
२०८२ मंग्सिर ११, बिहिबार
एनपिएल : लुम्बिनीले सुदूरपश्चिमलाई दियो १ सय ४४ रनको लक्ष्य
२०८२ मंग्सिर ११, बिहिबार
नेपाल–भियतनाम चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्रिको नयाँ कार्यसमिति चयन
२०८२ मंग्सिर ११, बिहिबार
प्रोत्साहनका कार्यक्रमले उद्यमशील बन्दै पौवादुङमा महिला
२०८२ मंग्सिर ११, बिहिबार