मंग्सिर ११, २०८२ बिहिबार November 27, 2025

नेपाली कम्युनिष्ट पार्टीले छिट्टै जनवर्गीय सङ्गठन तथा विभाग समायोजन गर्ने

सबै पक्षलाई समेटेर विगतका नेताहरुको कार्य क्षमता मूल्याङ्कन गरी जिम्मेवारी दिइने समझदारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, १० मङ्सिरः नेपाली कम्युनिष्ट पार्टीले पार्टी निकट जनवर्गीय सङ्गठन तथा विभाग छिट्टै व्यवस्थापन गर्ने भएको छ ।
विभिन्न वामपन्थी दल तथा समूह एकीकृत भएर बनेको पार्टीले सबै दलको समन्वयमा भ्रातृ सङ्गठन पुनर्गठन, समायोजन गरिने नेता प्रकाश ज्वालाले जानकारी दिनुभयो ।
जनवर्गीय सङ्गठन पुनर्गठन तथा समायोजन गर्नका लागि पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालबीच छलफल भएको बताउँदै उहाँले सबै पक्षलाई समेटेर विगतका नेताहरुको कार्य क्षमता मूल्याङ्कन गरी जिम्मेवारी दिइने समझदारी भएको जानकारी दिनुभयो ।
विभागीय इन्चार्जका साथै जनवर्गीय सङ्गठनको नेतृत्व व्यवस्थापनपछि निर्वाचनको तयारी गरिने ज्वालाले बताउनुभयो ।
उक्त पार्टीमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनसमाजवादी पार्टी, नेपाल समाजवादी पार्टी, नेकपा समाजवादी, नेकपा (माओवादी समाजवादी), गोपाल किरातीको नेतृत्वमा रहेको देशभक्त समाजवादी मोर्चालगायत वाम समूह समावेश छन् ।
पार्टीले यही महिनाभित्र सबै प्रदेश तथा केही जिल्लामा एकतासभा गर्ने कार्यसूची छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जसपा मधेश प्रदेशका अध्यक्ष अशोक कुमार यादवले पार्टी छाडे
२०८२ मंग्सिर ११, बिहिबार
राजमार्ग अतिक्रमित गरी बनाइएका घर टहरा हटाउन सुरु
२०८२ मंग्सिर ११, बिहिबार
एसिसी यू–१९ प्रिमियर कपः हङकङलाई नेपालको २७१ रनको चुनौती
२०८२ मंग्सिर ११, बिहिबार
नेकपा र जसपा एकता पक्षधर समूहबीच १० बुँदे सहमति
२०८२ मंग्सिर ११, बिहिबार
एनपिएल : लुम्बिनीले सुदूरपश्चिमलाई दियो १ सय ४४ रनको लक्ष्य
२०८२ मंग्सिर ११, बिहिबार
नेपाल–भियतनाम चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्रिको नयाँ कार्यसमिति चयन
२०८२ मंग्सिर ११, बिहिबार
प्रोत्साहनका कार्यक्रमले उद्यमशील बन्दै पौवादुङमा महिला
२०८२ मंग्सिर ११, बिहिबार