काठमाडौंः काठमाडौं उपत्यकामा थप ४३१ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो चौबीस घण्टामा १० हजार १७६ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा काठमाडौं उपत्यकाका तीन जिल्लाका ४३१ जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको छ ।
मन्त्रालयको नियमित प्रेस ब्रिफिङ्गका क्रममा प्राडा जागेश्वर गौतमले दिएको जानकारी अनुसार सङ्क्रमित पुष्टि भएकोमा सबैभन्दा बढी काठमाडौंका ३७७ ललितपुरमा ३७ र भक्तपुरका १७ जना रहेको जानकारी दिएका छन् ।
मन्त्रालयका अनुसार काठमाडौंमा सङ्क्रमित पुष्टि भएकामा १५० महिला र २२७ पुरुष, ललितपुरमा १६ महिला र २१ पुरुष तथा भक्तपुरमा पाँच जना महिला र १२ जना पुरुष सङ्क्रमित थपिएका हुन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया