असार २०, २०८३ शनिबार July 4, 2026

मुस्ताङमा विदेशी पर्यटकको सङ्ख्यामा वृद्धि

चालु एघार महिना अवधिमा एक लाख २३ हजार २५३ जना सार्क र २६ हजार ८७७ जना अन्य मुलुकका विदेशी पर्यटकले भ्रमण गरे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मुस्ताङ । मुस्ताङमा सन् २०२४ को तुलनामा सन् २०२५ को ११ महिना अर्थात नोभेम्बरसम्ममा १०.६१ प्रतिशतले विदेशी पर्यटकको सङ्ख्या वृद्धि भएको छ ।

यहाँ सन् २०२४ को तुलनामा सन् २०२५ को जनवरीदेखि नोभेम्बरसम्म चौध हजार ४११ जना विदेशी पर्यटकको सङ्ख्या वृद्धि भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय (एक्याप) जोमसोमले उल्लेख गरेको छ ।

सन् २०२४ को जनवरीदेखि डिसेम्बरसम्मको १२ महिना अवधिमा सार्क तथा अन्य मुलुकका गरी कूल एक लाख ३५ हजार ७१९ जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका थिए । त्यस वर्ष सार्क राष्ट्रबाट एक लाख नौ हजार ५४९ जना र अन्य राष्ट्रबाट २६ हजार १७० जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका थिए ।

यसवर्ष अर्थात सन् २०२५ को डिसेम्बर महिना बाँकी रहँदा यहाँ एक लाख ५० हजार १३० जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेको एक्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्ताले जानकारी दिए । उनका अनुसार यसवर्षको एघार महिना अवधिमा एक लाख २३ हजार २५३ जना सार्क र २६ हजार ८७७ जना अन्य मुलुकका विदेशी पर्यटकले भ्रमण गरेका छन् ।

अगस्ट र सेम्टेम्बरमा युवाको जेनजी आन्दोलनको प्रभाव र प्रतिकूल मौसमका कारण विदेशी पर्यटकको सङ्ख्या घट्न पुगेको एक्याप प्रमुख गुप्ताले उल्लेख गरे । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आजको मौसम : मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
२०८३ असार २०, शनिबार
रोमाञ्चक पेनाल्टी सुटआउटमा अष्ट्रेलिया पराजित, इजिप्टको ऐतिहासिक यात्रा जारी
२०८३ असार २०, शनिबार
विश्वकप २०२६ : स्पेन र स्विट्जरल्यान्डको सहज जित
२०८३ असार २०, शनिबार
शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ
२०८३ असार १९, शुक्रबार
सात वटा विश्वविद्यालयमा उपकुलपति नियुक्त
२०८३ असार १९, शुक्रबार
प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सिफारिस
२०८३ असार १९, शुक्रबार
पार्टी एकतामा संस्थापन पक्ष जिम्मेवार नरहेको देउवा समूहको निष्कर्ष
२०८३ असार १९, शुक्रबार