काठमाण्डाैंः प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले केही महत्वपूर्ण निर्णय गर्नका लागि सोमबार साँझ ५ बजे उक्त बैठक बोलाएका हुन् ।
बैठकले संवैधानिक निकायमा रिक्त पदहरुको नियुक्ति तथा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकको नियुक्तीबारे निर्णय गर्ने बालुवाटार स्रोतले जानकारी दिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख नविन कुमार घिमिरे तथा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको चार वर्षे कार्यकाल आजबाट सकिएको छ । यस्तै उर्जामन्त्री वर्षमान पुनले घिसिङको प्रस्ताव मन्त्रिपरिषद बैठकमा पेश गर्नेछन् ।
त्यस्तै बैठकले नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने विषयमा पनि निर्णय गर्न सक्ने स्रोतको दावी छ । बैठकले लामो दूरीको यातायात खुलाउने बिषयमा निर्णय गर्न सक्ने बताईएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया