काठमाडौंः श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले विदेशमा अलपत्र परेका सबै नेपाली नागरिकलाई एक महिनाभित्र उद्धार गरिसक्ने बताएका छन् ।
आइतबार प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा मन्त्री यादवले विदेशमा अलपत्र सबै नेपालीलाई एक महिनाभित्र स्वदेश ल्याउने गरी काम अगाडि बढाइएको र त्यसका लागि उडान सङ्ख्या थप्ने गरी व्यवस्थापन गरिएको बताएका छन् ।
मन्त्री यादवले कम्पनी बन्द हुन लागेका र कम्पनीले नै टिकट दिएका श्रमीकहरु र रोजगारी गुमाएर बेखर्ची भइ बसेकालाई पहिलो प्राथमिकतामा ल्याउने व्यवस्था मिलाइएको मन्त्री यादवले बताए ।
सुरुमा सुरुमा दैनिक पाँच सय नेपालीलाई ल्याउने भनिएकोमा पछि माग बढेपछि आठ सय जनालाई ल्याउने व्यवस्था गरिएको थियो । त्यो सङ्ख्या पनि कम भएपछि पछिल्लो समय त्यस्तो सीमा हटाएर सकेसम्म धेरै नेपालीलाई ल्याउने गरी व्यवस्था मिलाइएको उनले बताए ।
सोही अनुसार भदौ २६ गते ८३६ जना, भदौ २७ गते ८८० जना र भदौ २८ गते ८९० जना नेपालीको उद्धार गरी नेपाल ल्याइएको पनि मन्त्री यादवले जानकारि दिए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया