काठमाडौंः धरानमा कोरोना भाइरस संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत विराटनगर महानगरपालिका वडा नम्बर- १२ का ७० वर्षीय वृद्धको उपचारको क्रममा आइतबार दिउँसो मृत्यु भएको हो ।
मृतक बृद्धलाई १६ भदौमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । विराटनगरको म्याक्स अस्पतालमा उपचारका क्रममा रिपोर्ट पोजेटिभ देखिएपछि उनलाई १७ भदौमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरिएको थियो ।
श्वारप्रश्वास, खोकी र ज्वरोको समस्या भएका वृद्धको उपचारका क्रममा आइतबार दिउँसो सवा २ बजे मृत्यु भएको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया