काठमाण्डाैंः विश्व महामारी कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय ४५ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा १ हजार ३९ जना कोरोना संक्रमित थपिएका छन् ।
पछिल्लो पटक १ हजार १ सय ७३ जना डिस्चार्ज भएका छन्। अहिले देशमा १५ हजार १ सय १७ जना सक्रिय संक्रमित रहेका छन्। जम्मा संक्रमितको संख्या ५४ हजार १ सय ५९ पुगेको छ।
यस्तै कोरोना संक्रमणबाट मुक्त भएर ३८ हजार ६९७ जना घर फर्केका छन्। देशभर १५ हजार ११७ जना आइसोलेसनमा छन् भने ६ हजार ५३६ क्वारेन्टिनमा रहेका छन्।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया