काठमाण्डौं: नेपाल वायुसेवा निगमका पाइलट विजय लामालाई कोरोना संक्रमण देखिएको छ ।
आइतबार बिहान स्टार अस्पतालमा गरीएको स्वाब परीक्षणमा लामालाई कोरोना पुष्टि भएको हो । संक्रमति उनी हाल सोल्टी होटलको आइसोलेसनमा छन् ।
उनीसँगै नेपाल वायुसेवा निगमको वाइडबडी जहाज उडाएका बेलायती क्याप्टेन उदय कोल्हात्करलाई पनि संक्रमण पुष्टि भएको छ। उनीहरु दुवैले २ दिनअघि शान्ति मिसनमा खटिएको नेपाली सेनाको टोलीलाई दक्षिण सुडान लगेका थिए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया