काठमाण्डाैंः मन्त्रिपरिषदको बैठकले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवाश बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय गरेको हो ।
सोमबार साँझ झण्डै तीन घण्टासम्म बसेको बैठकले राष्ट्रियसभा सदस्यका लागि गौतमलाई राष्ट्रपति विद्या भण्डारी समक्ष सिफारिस गर्ने निर्णय गरेको बालुवाटार निकट स्रोतले जानकारी दियो ।
यसअघि नेकपाको स्थायी कमिटी बैठकले गौतमलााई राष्ट्रियसभामा पठाउन सरकारलाई अनुरोध गर्ने निर्णय गरेको थियो । गौतम बर्दिया क्षेत्र नम्बर १ बाट २०७४ सालको आम निर्वाचनमा प्रतिनिधि सभा सदस्यमा काँग्रेसका सांसद सञ्जय गौतमसँग पराजित भएका थिए।
यसैगरी मन्त्रिपरिषद्को बैठकमा नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिका बिषयमा कुनै पनि निर्णय भएन । बैठकमा यसबारे कुनै प्रस्ताव नआएको एक मन्त्रीले बताए। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आइतबार अवकाश पाएका थिए।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया