पुष ७, २०८२ सोमबार December 22, 2025

सुनचाँदीको मूल्य बढ्यो

कतिमा हुँदैछ कारोबार ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । नेपाली बजारमा सोमवार सुनचाँदीको मूल्य बढेको छ ।

तोलामा ३४ सय रुपैयाँले बढेर आज प्रतितोला २ लाख ६१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार भने सुन प्रतितोला २ लाख ५८ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ । १ सय ३० रुपैयाँले बढेर आज प्रतितोलामा ४ हजार २ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार प्रतितोला ४ हजार १ सय ५ रुपैयाँमा कारोबार भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया